मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेश सरकारले विकासको भिजन बनाउन नसकेको अाराेप कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही
  • मार्गरेखा संवाददाता

  • कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाहीले सरकारले दुई तीहाईको दम्भ देखाउनु बाहेक कुनै काम गर्न नसकेको बताएका छन् ।

    शुक्रबार प्रेस युनियन रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शाहीले सरकारले जती काम गर्न सक्थ्यो त्यती गर्न नसकेको बताए । ‘दुई तीहाई मत प्राप्त सरकारले धेरै काम गर्न सक्छ, उनले भने, तर सरकार गफमा मात्रै रमेको छ, गर्न सकिने साना काम पनि गर्न सकेको छैन् ।’ संघीयताको मर्म अनुसार सबै भन्दा बढी शक्तिशाली हुनुपर्ने प्रदेश सरकार नै सबैभन्दा कमजोर रहेको उनले बताए । संघले सबै अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकार कमजोर बनेको उनको भनाई छ ।

    त्यस्तै कर्णाली प्रदेश सरकारले विकासको भिजन बनाउन नसकेको भन्दै उनले प्रशस्त सम्भावना र अवसर हुँदा हुँदै पनि प्रदेश सरकारले विभिन्न वाहाना वाजी गरेको बताए । उनले सरकारमा प्रतिपक्षको अस्तित्वलाई स्विकार्न नसक्ने ठुलो रोग रहेको बताए । प्रतिपक्षले दिएका सुझावहरु जतिनै राम्रा भएपनि त्यसलाई सत्तापक्षले वेवास्ता गर्दै आएको भन्दै उनले प्रदेश सरकार राजनितिक रुपमा पुर्वाग्रही बनेको आरोप लगाए ।

    त्यस्तै फरक प्रसंगमा नेता शाहीले कांग्रेसमा बाहिर प्रचार गरिएजस्तो विधान संशोधन सम्बन्धी विवाद नरहेको बताए । विधान कस्तो हुने, कस्ता व्यवस्थाहरु समेटिने भन्ने विषयमा प्रशस्त छलफल हुन आवश्यक रहेको बताउँदै उनले अहिले यसकै बारेमा पार्टीमा बहस भइरहेको बताए ।

  • २२ चैत्र २०७५, शुक्रबार १९:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित