मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संस्थागत गरिमामा आँच नपुर्याउन पत्रकार महासंघ बाँकेको आग्रह
  • मार्गरेखा संवाददाता

  • नेपाल पत्रकार महासंघ बाँकेले संस्थागत गरिमामा आँच पुर्याउने गरी भईरहेका गतिविधिहरुको बारेमा सर्वपक्षीय समिक्षा गरेको छ । शनिबार महासंघको कार्यालयमा सर्वपक्षीय छलफलको आयोजना गरी महासंघले बाँकेमा पत्रकार महासंघको संस्थागत गरिमामा आँच पुर्याउने गरी भइरहेको निरन्तर आक्रमणप्रति गम्भीर समीक्षा गरेको हो ।
    महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षता तथा पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेतको विशेष उपस्थितिमा शाखाका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, पूर्व केन्द्रीय पदाधिकारी, पेसागत संघसंगठनका प्रतिनिधि, अग्रज पत्रकार सहभागी बैठकले पछिल्लो परिस्थितिबारे गम्भीर छलफल गरेको महासंघका सचिव तिलक गाँउलेले जानकारी दिए ।

    छलफलबाट प्राप्त सुझावका आधारमा महासंघको आगामी बैठकले पत्रकारहरुबिचको आपसी सद्भाव बिथोल्न खोज्ने ब्यक्तिलाई निरुत्साहित पार्ने तथा पत्रकार आचारसंहिताको पूर्ण पालनाकालागि प्रतिवद्ध गराउन अभियान संचालन गर्ने महासंघ बाँकेका अध्यक्ष थारुले बताए ।
    पत्रकार महासंघ बाँकेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सर्वपक्षीय समिक्षाबाट निकट कार्यसमिति बैठकले पेसागत गरिमा, महासंघको ऐतिहासिक धरातल एवं पत्रकारहरुको आपसी एकता र सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो कसैलाई पनि निरुत्साहित पार्न तथा पत्रकार आचारसंहिता, महासंघको विधानको पूर्ण परिपालनामा प्रतिबद्ध गराउनका लागि आवश्यक निर्णय लिन सक्ने सुझाव कार्यसमितिले पाएको छ । अतः नेपाल पत्रकार महासंघको गरिमामा आँच पुग्ने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध छ । साथै नेपाल पत्रकार महासंघको विधान र आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गरिन्छ

  • २३ चैत्र २०७५, शनिबार २०:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित