मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेसका नेता र कार्यकर्ताले आफ्नो आचरण र व्यवहार सुधारेर आगामी निर्बाचनमा कसैले पराजित गर्न नसक्ने नेपाली काँग्रेसका महामन्त्री पुर्ण बहादुर खडका
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेसमा महामन्त्री पूर्णबहादुर खड्का चुनावमा दुई कम्युनिष्ट पार्टी मिल्दा पराजित भएपनि काँग्रेसको विचार पराजित नभएको बताए ।
    काँग्रेस सुर्खेतले सोमवार बीरेन्द्रनगरमा गरेको कार्यक्रममा महामन्त्री खडकाले दुई तिहाइको वर्तमान सरकारले आशा र अपेक्षा अनुसार काम गर्न नसकेको जनतामा निशास भएको बताए ।
    महामन्त्री खडकाले  चुनावमा प्राबिधिक कारणले  काँग्रेस पराजित भयो उनले भने, काँग्रेसको नेतृत्वमा चुनाव नभएको भए लोकतान्त्रिक गणतन्त्रको संविधान पहिल्यौ धरापमा परिसक्ने थियो । एउटा चुनाव हार्दैमा काँग्रेसको बिचार पराजीत हुदैन, महामन्त्री खड्काले भने, अब काँग्रेसका नेता र कार्यकर्ताले आफ्नो आचरण र व्यवहार सुधारेर  आगामी निर्बाचनमा कसैले पराजित गर्न नसक्ने बताउदै उच्च    मनोवलका साथ संगठन विस्तारमा जुटन पनि आग्रह गरेका छन् ।
    केन्द्रीय अनुशासन समितिका अध्यक्ष भीष्मराज आङदाम्व्यले काँग्रेसलाई बलियो बनाउनको लागि सवै जुटनु पर्ने उल्लेख गरे ।
    केन्द्रीय सदस्य जीवनबहादुर शाहीले काँग्रेसलाई देशकै बलियो र ठुलो पार्टी बनाउने अभियानको नेतृत्व गर्न सुझाव दिए । अर्का केन्द्रीय सदस्य हृदयराम थानीले काँग्रेसलाई बलियो बनाउनको लागि एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए ।
    कार्यक्रममा पूर्वमन्त्री शीवराज जोशी, पूर्व राज्यमन्त्री तप्तबहादुर विष्ट, काँग्रेस सुर्खेतका पूर्वसभापति डम्वरविक्रम जिसी लगायत विभिन्न जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधीले आफनो भनाई राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको हो ।

  • २५ चैत्र २०७५, सोमबार १९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित