मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौँ राष्ट्रिय प्रतियोगिताको पुरुष हक्की खेल भोलीबाट नेपालगन्जमा   सुरु
  • मार्गरेखा संवाददाता

  • बाँके, २६ चैत ।
    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्की प्रतियोगिता २७ चैतदेखि नेपालगन्जमा हुने भएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता विहान ७ बजे सुरु हुने भएको हो । आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की पहिलो भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
    पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र दुई विभागिय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लव र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव १६२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने हक्कीका मुख्य प्रशिक्षक पिन्टु शर्माले जानकारी दिए ।
    महिलातर्फका हक्की प्रतियोगितामा ६ वटा टिमले मात्र प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ५ नं. प्रदेश र कर्णाली प्रदेशको सहभागिता नहुने भएको हक्की प्रतियोगिताका प्राविधिक प्रमुख रञ्जन थापाले जानकारी दिए ।
    महिला हक्की प्रतियोगितामा १०८ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । महिला हक्की ३० चैतदेखि गतेदेखि शुक्र मावि खजुरामा हुने थापाले बताए । उनका अनुसार, प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक र प्रशिक्षक नेपालगन्ज आइसकेको बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए ।

  • २६ चैत्र २०७५, मंगलवार १७:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित