मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हत्या हिंसा बलात्कार नियन्त्रण गर्न नसक्ने सरकारबाट जनताले के अपेक्षा गनेँँ देउवा
  • मार्गरेखा संवाददाता

  • ????????????????????????????????????

    बनेपा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षमा एउटा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

    विकास र समृद्धिको सट्टा हत्या र बलात्कार मात्र बढेको आरोप उनको छ । सरकारले अधिनायकवाद बढाउँदै जनताको अधिकार खोसेको पनि उनले बताए ।

    बुधबार काभ्रेको भकुण्डेबेसीमा कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय शिलान्यास तथा वृहत आमसभामा बोल्दै सभापति देउवाले सरकारले एक वर्षमा एउटा पनि देखाउन लायक काम गर्न नसकेको बताएका हुन् ।

    ‘ओली सरकाले काम होइन उखान टुक्का मात्र हान्ने काम गर्‍याे,’ देउवाले भने, ‘बोलेका काम कुनै पूरा गर्न सकेको छैन । एक वर्ष भयो सरकारले अधिनायकबाद, हत्या हिंसा र बलात्कारीको संरक्षणमा लागेको छ ।’

    यसबाहेक नेता देउवाले निर्मला पन्तको हत्याराको संरक्षणमा सरकार लागेको पनि आरोप लगाए । ‘हत्या हिंसा बलात्कार नियन्त्रण गर्न नसक्ने सरकारबाट के अपेक्षा गर्न सकिन्छ आफैँ हत्यारा बलात्कार र भष्ट्रचारीको संरक्षणमा लागेको छ ।’

  • २७ चैत्र २०७५, बुधबार २१:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित