मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सना संचार प्रतिष्ठानको संरक्षण र प्रर्बन्धन गर्ने नेपाल पत्रकार महासंघको प्रमुख दायित्व नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आर्चाय
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज चैत्र २८ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आर्चायले नेपालमा संचालित सना संचार प्रतिष्ठानको संरक्षण र प्रर्बन्धन गर्ने नेपाल पत्रकार महासंघको प्रमुख दायित्व रहेको बताए ।
    प्रेस काउन्सील नेपालले नेपालगन्जमा बिहिबार आयोजित पत्रकार आचार सहिता तथा मिडिया सम्बन्धी छलफलमा अध्यक्ष आर्चाय बताएका हुन
    अध्यक्ष गोबिन्द आचार्यले पत्रकार महासंघले लागु गरेको आचार संहिता प्रत्येक पत्रकारहरुले पालन गर्नु पर्ने बताउदै आचार संहिता पालन गर्ने संचारकर्मी तथा संचार सस्थाहरुलाई कुनै समस्या नपर्ने बताए । प्रेस काउन्सील नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले देश र समाजको बिकाश गर्नका लागी पत्रकारहरुले स्वच्छ, निश्पक्ष पत्रकारीता गर्नु पर्ने बताउदै पत्रकारीतामा दुव्र्यशनि फैलिदै गएको हुनाले सुधार गर्नु पर्ने बताए
    न्युनतम पारिश्रम निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुहरु न्युनतम पारिश्रम निर्धारण गरेको पारिश्रम सबै संचार संस्थाहरुले लागु गर्नु पर्ने बताउदै आफुले श्रम गरेको श्रम लिनका लागी संचारकर्मीहरु पनि लाग्नु पर्ने बताए ।
    सो कार्यक्रममा सुचना प्रसारण बिभागका महानिर्देशक बालकृणा घिमिरेले व्यवसायिक योजना बिना संचार माध्यमहरु संचालन भएका कारण संस्था र पत्रकारहरु सस्या परेको बताउदै संचार संस्था संचालन गर्दा योजना बनाउनु पर्ने बताए ।

    सो कार्यक्रम पत्रकारहरु पुर्णलाल चुके,रुद्ध सुबेदी,डिल्ली बि.सी. अक्षरी पोख्ररेल, झल्क गैरे, प्रेम के सी,शिव डोटेल, गोबिन्द शर्मा भेषराज शर्मा लगाएका पत्रकारहरुले स्थानिय निकायमा पत्रकार तथा संचारमाध्यहरुले भोग्नु परेका समस्याहरु जानकारी गराउदै स्थानिय पत्रपत्रिकाको बिकाशका लागी स्थानिय,प्रदेश र संघिय सरकारले चासो नदेखाएको गुनासो गरेका थिए ।
    कार्यक्रम नेपाल पत्रकार महासंघका बाँके अध्यक्ष ठाकुर थारुको अध्यक्षतामा भएको थिया

  • २८ चैत्र २०७५, बिहीबार १७:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित