मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहिबार भएकाे पुरुष हक्कीमा पुलिस, आर्मी र सुदूरपश्चिम बिजयी
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लव बिजयी भएको छ । पहिलो खेलमा नेपाल पुलिस ५–० गोलले गण्डकी प्रदेशलाई पराजित गरेको हो । गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दवावमा राखेको नेपाल पुलिसका तर्फबाट पाँच वटै गोल जर्सी नंं. १० का खेलाडी रोमन राणाले गरे ।
    उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।
    पुलिसले ७ र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको थियो । पुलिस क्वलमा ५ नं. प्रदेशको तर्फबाट खेलिसकेका सात जना खेलाडी समावेश छन् । त्यस्तै दोस्रो खेलमा नेपाल आर्मी प्रदेश नं.–२ लाई १–० को अन्तरले पराजित गरेको हो । आर्मीका तर्फबाट १० नम्बर जर्सीका खेलाडी राम शाहले ५६ मिनेटमा गोल गरी टिमलाई विजयी बनाएका हुन् ।
    गोललाई मान्यता दिने विषयमा विवाद भएपछि प्रदेश २ खेलबाट बाहिरिएको थियो । खेलमा आर्मीले ८ वटा कर्नर पेलान्टीको अवसर पाएको थियो । यस्तै आजको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेश बिजयी भएको छ । सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १–० ले पराजित गरेको हो ।

  • २८ चैत्र २०७५, बिहीबार २०:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित