मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौं राष्ट्रिय खेलकुदमा खेलपिच्छे स्वास्थ्य सेवा दिने
  • मार्गरेखा संवाददाता

  • २९ चैत ।
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ ।
    उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए ।
    खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा रहेको पौडेलले बताए ।
    खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यान दिदै रंगशालाको पौडी पोखरीमा मेडिकल सेन्टर सन्चालन गर्ने राखेपका सदस्य सचिव केशव विष्टले जानकारी दिए ।
    उपचारका लागि भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर, मेडिकल कलेज नेपालगन्ज, भिजन आँखा अस्पतालमा उपचारका लागि प्रवन्ध मिलाइएको छ । खेल प्रतियोगिताका घाइते खेलाडीका लागि अस्पतालका आपतकालीन कक्षका दुईदेखि चार वटा शैया रिजर्ब राखिने संयोजक पौडेलले बताए ।
    गम्भीर चोटपटक लागेका खेलाडीका लागि नेपालगन्जमा उपचार सम्भव नभएको खण्ड्मा काठमाडौसम्म लगेर पनि थप उपचारको व्यवस्था मिलाएको छ ।
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार २ सय ११ जना खेलाडी, ६ सय ४० टिम प्रशिक्षक, ४ सय ६१ टिम व्यवस्थापक गरी ६ हजार ३ सय १२ जना सहित विभिन्न उपसमितिका पदाधिकारी सहभागी छन् ।

  • २९ चैत्र २०७५, शुक्रबार ११:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित