मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौं राष्ट्रियखेलकुद प्रतियोगिता अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको क्वाटरफाइनल सम्पन्न्
  • मार्गरेखा संवाददाता

  • खजुरा( बाँके )।बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेलमा दिवाना शेर्मा र ललिता महर्जनले जित हात पारेका छन।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको दोस्रो दिनको खेलमा दिवाना शेर्मा र ललिता महर्जनले जित हासिल गरेका छन् ।
    ४८केजी तौल  समूहको खेलमा नेपाल पुलिसकी दिवानाले प्रदेश ५ कि रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । सोही तौलको अर्को खेलमा नेपाल आर्मीकी ललिताले प्रदेश ५ कि प्रतिभा शाहीलाई एबीडी कन्टेस्टको आधारमा हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरिन् ।

    यसैगरी महिला ४८ केजी अन्तर्गतकै खेलमा प्रदेश ३ की सुष्मा तामाङ र प्रदेश १ की प्रतिभा श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरिन् । सुष्माले एपीएफकी सावित्री तामाङलाई अंकको आधारमा ४–१ ले तथा प्रतिभाले प्रदेश ४ की आकृति गुरुङलाई पनि अंककै आधारमा ५–० ले हराइन् ।
    यसैगरी महिला ५१ केजीको क्वाटरफाइनलमा प्रदेश १ की रोशनी लावतीले प्रदेश ७ की सुष्मा तामाङलाइ अंकको आधारमा ४–१ ले हराउंदा प्रदेश ३ की रोशनी राइले प्रदेश ६ की मीना घलेलाई पनि अंककै आधारमा ५–० ले हराउंदै अन्तिम चारमा स्थान सुरक्षित गरिन् । सोही तौल समूहको अन्य खेलमा नेपाल अर्मीकी विमला श्रेष्ठले प्रदेश ५ की विमला थापालाई अंकको आधारमा ५–० ले हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।
    महिला ६४ केजी तौल समूहको खेलमा नेपाल अर्मीकी पूनम रावलले प्रदेश ६ की अस्मिता चन्दलाई रेफ्रि स्टप कन्टेस्ट ९आरएसी० को आधारमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । सोही समूहको अर्को खेलमा प्रदेश १ की तृषा जागेबु लिम्बुले प्रदेश ३ की अम्बिका बिकेलाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा प्रवेश गरिन् । सोही तौलको अन्य खेलमा प्रदेश ५ की माया चौधरीले वाकओभर पाइन भने एपीएफकी विनिता थापा मगरले प्रदेश ७ की सुलोचना जैसीलाई एबीडी कन्टेस्टको आधारमा हराउदैसेमिफाइनलमा स्थान पक्का गरिन् ।
    यसैगरी पुरुष ४९ केजी तौल अन्तर्गतको खेलमा नेपाल आर्मीका शुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

  • १ बैशाख २०७६, आईतवार २१:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित