मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार विहान भएको खेलमा नेपाल आर्मीलाई २–१ ले पराजित गरि नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको हो। । खेलको ३० सेकेन्डमा प्रहरीका मनोज चौधरीले गोल गरे । भने, ५० औँ निमेटमा प्रहरीकै सागर आचार्यले अर्को गोल थपे । कडा प्रतिष्पर्धात्मक खेलमा आर्मीका दिपेन्द्र ऐरले एक गोल मात्र गरे ।
    त्यसैगरि, आइतवारनै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० गोलले पराजित गरेको छ । प्रदेश ३ का प्रेम विकले खेलको ५३ औँ मिनेटमा र ५७ औँ मिनेटमा प्रदिप नेपालीले गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । बेलुकी प्रदेश १ र सुदूरपश्चिम प्रदेश वीच खेल हुने भएको छ ।

  • १ बैशाख २०७६, आईतवार २१:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित