मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

असहायकालागि बर्दियामा नीलसागर
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,बैशाख,२।
    बर्दियामा असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुका लागी निलसागरले काम गर्ने भएको छ । मनिसको पहिलो धर्मनै मानव धर्म हो भन्ने कुरालाई चरितार्थ गर्ने उद्धेश्यका साथ बर्दियामा निलसागरले काम गर्नै भएको हो । असहाय बालबालिका, अशक्त बुवा आमा एवं समाज रहेको जेष्ठ नागरिकहरुलाई पुर्नस्थपना र पुर्नमिलन गराउनका लागि निलसागरले काम गर्न लागेको हो । सडकमा पेटीमा जीवन गुजनरिरहेका बालबालिकाहरु, मानिसक सन्तुलन गुमाएका, जेष्ठ नागरिक तथा बालबालिकाहरु, अशक्त जो काम गर्न नसक्ने र परिवारबाट अपहेलित भएकाहरुलाई निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रले काम गर्न लागेको हो । नायाँबर्षको शुरुवात संगै बर्दियाको सदरमुकाम गुलरियामा विधिवत रुपमा गुलरिया शाखको उद्धघाटन भएको छ ।
    निलसागरको स्थपाना भएको ३ वर्षमा १ सय १० जनालाई गृह पुर्नस्थपना गरि सकेको छ । नीलसागरलाई ५ नं. प्रदेश अन्र्गतको समाजिक विकास मन्त्रालयले ३ जना कार्मचारी पठाएर सहयोग गरेको छ भने नीलसागरको केद्रिय कार्यलयमा असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुका लागी उपचार गर्नका निम्ती विभिन्न क्षेत्रमा अनुभव संगालेका ५ जना डाक्टरहरुको समेत व्यवस्था गरिएको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र केद्रिय कार्यलयकी अध्यक्ष सरिता खनालले वताईन्।। अध्यक्ष खनालले निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नितान्त मानव सेवा धर्म तथा कुनै पनि विदेशी निकायको सहयोग नभएको रकुनै पनि राजनितीक पार्टी संग नगांसिएको बताइन।

    आफुले त्यस्ता व्यक्तिहरुले दुख पाएको हेर्न नसक्ने भन्दै सवैले सवैलाई सहयोगका हात अगाडी बढाउन निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र बर्दियाका अध्यक्ष रामचन्द्र थापाले अनुरोध गरे
    । निलसागरले १ करोडको अक्षयकोष स्थापना गरेकोमा गुलरिया निवासि अर्जुन सुवेदीले रु २१ हजार प्रदान गरेका छन । नेपाल बार ऐसोशियसन बर्दियाका अध्यक्ष देवी दत्त देवकोटाले रु ५ हजार ५ सय ५५ र मेघमान श्रेष्ठले ९ हजार ४ सय ४५ प्रदान गरेका छन् ।

  • २ बैशाख २०७६, सोमबार ११:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित