मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दिया हात्तीसारमा हात्तीपूजा सुँगुर कुल्च्याउने परम्पराको अन्त्य
  • मार्गरेखा संवाददाता

  • दुर्गा अचार्य
    बर्दिया, ठाकुरबाब बैशाख,२।
    बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वाराको हात्तीसारमा हात्ती पूजा गरिएको छ । जैविक विविधताको संरक्षण गर्दै मानव–वन्यजन्तु विच सह अस्तित्व कायम राख्न वन्यजन्तु सप्ताहको अवसरमा हात्ती पूजा गरिएको हो ।
    दशक अघि हात्तीसार क्षेत्रमा दशैका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा रहेको थियो । संरक्षणकर्मीहरुले सो परम्परालाई तोडेर हात्ती पुजा गर्ने परम्परा बसालेको चोेरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए । एउटा जीवबाट अर्को जीव हत्या गरिनु उपयुक्त नभएकाले सुँगुर कुल्चाउने परम्परा छाडी हात्ती फूटबल प्रतियोगिता शुरु गरीएको अध्यक्ष आचार्यले बताए ।
    बर्दियामा रहेको एसियाकै ठूलो हात्ती राजागज निकुञ्जबाट हराएको सम्झनामा काठको हात्ती बाध्ने स्तम्भ (खमारी) स्थापना गरी हात्ती मेलासँगै पूजागर्ने परिपाटी शुरु गरिएको हो । यसले समुदायको हात्तीप्रतिको दृष्टिकोणमा समेत सकारात्मक सोँचको विकास गरेको छ । हात्ती मेला तथा पूजाका माध्यमबाट जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रर्बद्धन हुँदै पर्यापर्यटनमा समेत टेवापुगेको संरक्षणकर्मीहरुको भनाई छ ।
    चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले आयोजना गरेको हात्ती मेला तथा पुजा हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको घुईचो छ । पूजाका क्रममा हात्तीलाई फलफुल, उखु लगायतका भोजन गराईएको छ ।

  • २ बैशाख २०७६, सोमबार २०:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित