मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णालीमा पौडी खेल्ने क्रममा बेपत्ता २ जनाको लास फेला
  • मार्गरेखा संवाददाता

  • बर्दियाको गेरुवा(कर्णाली) नदीमा पौडी खेल्ने क्रममा बेपत्ता २ जनाको लास दुइ दिन पछि मगलवार विहान फेला परेको छ । पौडि खेल्ने क्रममा कर्णाली नदिमा डुबि बेपत्ता भएका कोहलपुरका १८ बर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ बर्षिय प्रज्वल कोइराला को शव गोताखोर टोलीले घटनास्थल देखी २०० मिटर दक्षिण तर्फ फेला पारेकाे प्रहरीले जनाएकाे छ ।
    मधुवन नगरपालिका ३ स्थित कोठियाघाट पुल देखि ५ सय मिटर उत्तर तर्फ पौडी खेल्ने क्रममा गहिरो भागमा डुबेका थिए । घटना लगतै दुवै युबकको खोजी कार्यमा नेपाल प्रहरी, शशस्त्र प्रहरी लगाएतको टोली खाजी तथा उद्धारमा जुटेको थियो । कोहलपुरमा अध्ययनरत दुवै जना साथीहरुसगै नया वर्ष मनाउन कोठियाघाट घुम्न आएका थिए ।

  • ३ बैशाख २०७६, मंगलवार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित