मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसमा अन्तर्घातका १२० उजुरी थपिए, ६ सय बढीविरुद्ध उजुरी
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसमा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाहीका लागि विभिन्न जिल्लाबाट थप १२० उजुरी परेका छन् । कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम एक साताभित्र उपलब्ध गराउन भनी गत चैत २४ गते सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको थियो ।

    समितिले कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागिसमेत पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

    पार्टी केन्द्रीय कार्यसमितिको गत चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।

    पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५० जिल्लाबाट करीब ५०० नेता कार्यकर्ताविरुद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परिसकेको छ । त्यसमध्ये छानबिन गरी करीब १५४ लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

  • ३ बैशाख २०७६, मंगलवार १२:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित