मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वर्तमान ओली सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको कांग्रेस सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  • कांग्रेस सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान ओली नेतृत्वको सरकारले एक वर्षमा एउटा पनि राम्रो काम नगरेको टिप्पणी गरेका छन् । मंगलबार प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारले हत्या, हिंसा, बलात्कारका घटना न्यूनिकरण गर्न नसकेको समेत बताए । ‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन’ देउवाले भने, ‘सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको छ ।’

    दिनप्रतिदिन देशभर अपराधिक कृयाकलाप बढ्दै गएकोमा देउवाले चिन्ता व्यक्त गरे । सरकारले विदेशीको घुडा टिकेर काम गरिरहेको आरोप लगाउँदै देउवाले चिनियाँ कम्पनीलाई बिना प्रतिस्पर्धा ठेक्का दिएकोप्रति रुष्टता प्रकट गरे । सुदूरपश्चिम विश्वविद्यालय लगायत प्राज्ञिक क्षेत्रमा समेत सरकारले हस्तक्षेप बढाएको भन्दै देउवाले शिक्षा क्षेत्र सरकारले धरासायी बनाउन उद्यत रहेको आरोप लगाए । प्रजातन्त्र बिना प्रेस स्वतन्त्रता नहुने भन्दै सभापति देउवाले त्यसको समेत सरकारले हस्तक्षेप गरिरहेको बताए ।

    सभापति देउवाले स्थानीय सरकारले जनतालाई अत्यधिक करको भार थुपारेर अनावश्यक दुख दिएको टिप्पणी गरे । सभापति देउवाले सरकारले वार्ताका माध्यामबाट नेकपा विप्लवलाई सहमतिमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । गुट उपगुट कम्युनिस्टमा पनि रहेको बताउँदै सभापति देउवाले पार्टीमा अन्तर्घात गर्नेमाथि कार्बाही गरिने चेतावनी दिए । ‘पार्टीभित्र विषयगत समिति बनाएर अन्तरघातीलाई कार्बाही गछौँ’ देउवाले भने, ‘यो प्रकृया सुरु भइसकेको छ ।’ पार्टीमा अनुशासन कायम गरेरै छाड्ने देउवाको भनाई छ ।

  • ३ बैशाख २०७६, मंगलवार १५:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित