मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ओली सरकार प्रति नेपाल पत्रकार महासंघ आक्रोशित
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – ठगीको समाचार लेखेको आरोपमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई प्रहरीले मंगलबार फेरि पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ आक्रोशित भएको छ ।

    पक्राउ गरेका गिरीलाई पत्रकार महासंघको रोहबारमा सोमबार बेलुका रिहा गरे पनि प्रहरी मंगलबा पुन पक्राउ गरेर विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेपछि महासंघले आपत्ति जनाएको छ ।

    मंगलबार बेलुका माइतिघर मण्डलामा विरोध प्रर्दशन गर्दै महासंघले आफ्नो गलत कार्य सच्याउन सरकारलाई आग्रह गरेको छ । महासंघका सभापति गोविन्द आचार्यले ठगीको समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जिकिर गरे ।

    उनले गिरी फेरि विना शर्त रिहा गर्न माग गर्दै विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गरेको छ । आचार्यले भने, ‘संविधान दिएको प्रेस स्वतन्त्रता सरकारले उल्लंघन गरेको छ । सरकार प्रेसप्रति अनुदार बन्दै गएको छ ।

    यस्ता कार्य नसच्चिए महासंघ कडा आन्दोलन गर्न बाध्य हुनेछ ।’ तत्कालीन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले पत्रकारलाई पक्राउ गर्ने प्रहरीमाथि नै छानबिन हुनुपर्ने बताए । उनले यो घटनामा प्रेस काउन्सिलको समेत कमजोरी रहेको भन्दै काउन्सिलका पदाधिकारीलाई बर्खास्त माग गरे

  • ३ बैशाख २०७६, मंगलवार १९:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित