मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज (बुधबार) १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
  • मार्गरेखा संवाददाता

  • प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज (बुधबार) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

    आठौं अन्तर्गत बुधबार फुटबल, भलिबल, बक्सिङ, क्रिकेट, फुल कन्ट्याक्ट कराते, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, जुडो, हक्की, साइक्लिङ, बुद्दिचाल र गल्फ खेलमा प्रतिस्पर्धा हुनेछ ।

    बुधबार फुटबल, भलिबल र क्रिकेट खेलको सुरुवात हुँदैछ । फुटबलको पुरुष नेपालगंज रंगशाला र महिला दाङमा हुनेछ । क्रिकेट रुपन्देही र लमहीमा हुनेछ । भलिबल बाँकेको खजुरामा हुनेछ ।

    बाँकेको नेपालगंजमा बक्सिङ, नेपालगंजमा जुडो र बर्दियाको ठाकुरद्वारमा बुद्दिचालको प्रतिस्पर्धा हुनेछ ।

    यस्तै दाङको घोराही कभर्डहलमा ब्याडमिन्टन र बास्केटबल, नेपालगंजको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की,कोहलपुरमा साइक्लिङ र काठमाडौंमा गल्फ हुनेछ ।

    आठौंको उद्घाटन भने भोलि बैशाख ५ गते हुनेछ । आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेको छ ।

    आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

    आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।

  • ४ बैशाख २०७६, बुधबार ०९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित