मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बैशाखभर जिल्ला दौडाहमा, यस्तो छ भ्रमण तालिका
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय गर्नुभएको छ । नेपाली कांग्रेसका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि पौडेलले सुदुरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय गर्नुभएको हो । पौडेलका जिल्ला भ्रमणका कार्यक्रम बैशाख ५ गतेबाट सुरु भएर बैशाख २४ गते सकिने उहाँका निजि सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।

    यस्तो छ वरिष्ठ नेता पौडेलको जिल्ला भ्रमण कार्यक्रम :

    बैशाख ५ गते : पोखरा प्रस्थान, हिरामणी सुवेदीको चौरासी पूजामा सहभागि हुने

    बैशाख ७ गते : भैरहवा प्रस्थान, रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्ने

    बैशाख ८ गते : रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्ने

    बैशाख ९ गते : रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गरि काठमाडौं फर्कने

    बैशाख १० गते : सडक मार्ग हुँदै सप्तरीका लागि प्रस्थान (रात्री मुकाम राजविराज)

    बैशाख ११ गते : नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन गर्ने (रात्री मुकाम राजविराज)

    बैशाख १२ गते : सिरहामा कार्यकर्ता भेटघाट

    बैशाख १३ गते : नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागि हुने

    बैशाख १४ गते : रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने

    बैशाख १५ गते : काठमाडौं फिर्ता हुने

    बैशाख १६ गते : धनगढि हुँदै दार्चुला प्रस्थान गर्ने (रात्री मुकाम दार्चुला)

    बैशाख १७ गते : नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने, दार्चुलाबाट बैतडि प्रस्थान (रात्री मुकाम बैतडि)

    बैशाख १८ गते : बैतडिको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने (रात्रीमुकाम खड्पे)

    बैशाख १९ गते : नेपाली कांग्रेस बझाङद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्ने  (रात्री मुकाम बझाङ)

    बैशाख २० गते : नेपाली कांग्रेस डडेलधुराद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने ( रात्री मुकाम डडेलधुरा)

    बैशाख २१ गते : नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने (रात्री मुकाम महेन्द्रनगर)

    बैशाख २२ गते : बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्ने (रात्री मुकाम धनगढी)

    बैशाख २३ गते : कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने (रात्री मुकाम टिकापुर)

    बैशाख २४ गते : कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन पछि काठमाडौं फर्कने ।

  • ४ बैशाख २०७६, बुधबार १३:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित