मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालीको राष्ट्रिय जागरण अभियान’का लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।

    वैशाख ११ गतेबाट सुरु हुन लागेको पहिलो चरणको जागरण अभियानका लागि कांग्रेसले शुक्रबार ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको हो ।

    कांग्रेसले पहिलो चरणको जागरण अभियानमा केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई जिल्ला प्रतिनिधिका रुपमा भने खटाएको छैन् । “केन्द्रीय पदाधिकारी र अनुशासन समितिका साथीहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छैन्”, प्रवक्ता शर्माले भने, “तर उहाँहरु उद्घाटनको दिन कहीँ न कहीँ सामेल भने हुनुहुन्छ ।”

    वैशाख ११ मा सुरु भएर जेठ ११ मा सम्पन्न हुने पहिलो चरणको ‘हिमाल पहाड, तराई-मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ का लागि ७७ जिल्लाका प्रतिनिधिहरु निम्नानुसार खटिएका छन् ।

    को कहाँ खटिए ?

     

     

     

  • ६ बैशाख २०७६, शुक्रबार २०:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित