मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौ राष्ट्रिय खेलकुद १६ औ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता बुटवलमा सम्पन्न
  • मार्गरेखा संवाददाता

  • चन्द्रकलाको अर्को कीर्तिमान
    बैशाख ६ गते ।
    आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गाडेले शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
    दाङको बेल्झण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् । पहिलो दिन बिहीबार चन्द्रकलाले सटपुटमा पनि कीर्तिमानी स्वर्ण जितेकी थिइन् । आर्मीकी लक्ष्मी थारु दोश्रो तथा एपीएफकी सीमाकुमार थारु तेश्रो भए ।
    उक्त स्पर्धमाको पुरुषमा आर्मीका रोहित चौधरी पहिलो भए । उनले ५६.५८ मिटर टाढा फाले । एपीएफका मनोज डगौरा दोश्रो तथा प्रहरीका वीरेन्द्र चौधरी तेश्रो बने ।
    पुरुष १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण जिते । निर्धारित दूरी तय गर्न टंकले ४ मिनेट ०१.९ सेकेन्ड समय लगाए । आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराईले शीर्ष स्थान हात पारिन् । सरस्वतीले ४ मिनेट ३६.० सेकेन्ड समय खर्चिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठ दोश्रो तथा एपीफकी फुलमती राणा तेश्रो भए ।
    पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्री पहिलो भए । उनले ६.९६ मिटर हाम्फाले । प्रदेश ३ का भुवन महतो दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो स्थानमा रहे । त्यसै स्पर्धाको महिलामा ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो भइन् । एपीएफकी शिला चौधरी दोश्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेश्रो भए ।

    ह्यान्डबल ः
    आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गरे ।
    महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए ।
    पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । पुरुषको १९ औं र महिलाको १० औं संस्करण हो । फाइनल बैशाख १० गते हुने छ ।

    सेपकताक्रो ः प्रदेश ३ समूह विजेता
    आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको महिला रेगुमा प्रदेश ३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
    दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित ग¥यो । तीन टिम रहेको यो समूहबाट प्रदेश ४ ले प्रदेश ५ लाई २–० को सीधा सेटमा हराउदै उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो । समूह ‘बी’ को लिगमा आर्मीले प्रदेश १ लाई २–० ले पन्छायो ।
    बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष रेगुमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई र प्रदेश १ लाई समान २–१, प्रदेश ३ ले प्रदेश १ लाई २–० र आर्मीले प्रदेश ५ लाई २–० को सेटमा निराश पारे ।

    आर्चरी ः छनोट चरण सम्पन्न
    आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् ।
    महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अििशम शेरचन, प्रहरीका तिलक पुनसंगै १६ खेलाडीले छनोट चरणमा सफलता पाए ।
    पुरुष कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ र राजेश राणा, थसाङ स्पोर्ट्स क्लब, काठमाडौंका रमेश भट्टचन र बाँकी २ ले छनोटमा सफलता पाए । पुरुष स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङ, बेस्ट आर्चरी क्लब, काठमाडौंका प्रज्ज्वल ताइ, आर्मीका कमल दानी, अन्नपूर्णका राजकुमार छन्यालसहित ३२ खेलाडी छनोट भए ।
    महिला स्ट्यान्डर्डमा अन्नपूर्णकी अर्चना थापा, एपीएफकी सोनुजया राई, अन्नपूर्णकी अनुशा गुरुङ, आर्मीकी मन्जु बजगाईंसहित १६ खेलाडी छनोट भए ।
    प्रतियोगितामा ८८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

    आईटीएफ तेक्वान्दो ः शिशीर र सुस्मितालाई स्वर्ण
    आठौंअन्तर्गत १९ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको प्याटर्नतर्फ पुरुष नीलो पेटीमा प्रदेश ३ का शिशीर राईले स्वर्ण जितेका छन् । प्रदेश ५ का सोनु केवतले रजत जिते ।
    नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा भइरहेको प्रतियोगिताको प्याटर्नमै महिला नीलो पेटीमा आर्मीकी सुस्मिता श्रेष्ठ पहिलो र एपीएफकी सुमिता गुरुङ दोश्रो भए ।
    प्रतियोगितामा सातै प्रदेश, आर्मी र एपीएफबाट २ सय २५ खेलाडीले विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता बैशाख १० गतेसम्म चल्नेछ ।

    पुरुष फुटबल ः पुलिस र प्रदेश नं. २ विजयी
    आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । यो जितसंगै सुमह ‘ख’ मा पुलिस ६ अंकसहित पहिलो स्थानमा छ । शुक्रबार भएको खेलमा पुलिसले विभागिय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै जित निकालेको हो । यसैगरि शुक्रबार भएको अर्को खेलमा प्रदेश नं. २ ले आफनो पहिलो जित निकालेको छ । प्रदेश नं. २ ले सुदुरपश्चिमाञ्चनलाई ४–२ गोल अन्तरले पराजित गर्दै स्पष्ट जितसहित ३ अंक जोडेको हो ।
    देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा आर्मीका टंक बस्नेतले शुरुवातमा नै राम्रो अवसर गुमाए । उनले डिफेन्डरलाई छकाएर गरेको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकिदिए । यसैगरि खेलको ५ औ मिनेटमा पुलिसका भरत शाहले डिबक्स बाहिरबाट गरेको प्रहार पोलमा लागेर बाहिरियो । खेलको ५० औ मिनेटमा पुलिसका रवि पासवानको क्रसमा सुमन लामाको प्रहार बारमा लागेर बाहिरियो । पुलिसको जितमा एकमात्र गोल सुमन लामाले गरेका थिए । निक्कै प्रतिस्पर्धात्मक खेलको ६८ औ मिनेटमा पेनाल्टीमार्फत लामाले गोल गरेका थिए । डिबक्सभित्र गोलको राम्रो अवसर पाएमा पुलिसका नीर कुमार राईलाई आर्मीका विकास खवासले लडाएपछि पाएको पेनाल्टीमा लामाले आकर्षण गोल गरेका थिए । यसअघि पहेलो कार्ड पाएका खवास दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । प्रतियोगितामा दुई खेल खेल्दै एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल गोल अन्तरको आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन ।
    दोस्रो खेलमा सुदुरपश्चिमाञ्चलले खेलको पहिलो मिनेटमा गोल गर्दै अग्रता लिएपनि त्यसलाई कायम गर्न नसक्दा खेलमा हार ब्यहोर्नुपरेको थियो । खेलको पहिलो मिनेटमा कमल देउवाले गोल गर्दै खेलम अग्रता लिएका थिए । उनले खेलको ७९ मिनेटमा अर्को गोल गरे । प्रदेश नं. २ को जितमा टंक सिग्देलले निर्णायक दुई गोल गरेका थिए । उनले खेलको ईन्जुरी टाईममा दुई गोल गर्न सफल भएका थिए । यसैगरि राकेश सिहले खेलको ५५ मिनेट र कृष्ण शाक्यले खेलको ७५ औ मिनेटमा गोल गरेका थिए ।
    शनिबार विहान त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशका बिचमा तथा दिउसो प्रदेश नं. २ र नेपाल पुलिस क्लबका बिचमा खेल हुने छ ।

    सफ्ट टेनिस ः पुरुष एकलमा युकेश योञ्जन फाईनलमा
    आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देहीमा एघारौ राष्ट्रिय सफट टेनिसको पुरुष एकलमा प्रदेश नं. १ का युकेश योञ्जन फाईनलमा प्रवेश गरेका छन । विहिबार देविनगरस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको पहिलो सेमीफाईनलमा प्रदेश नं. ५ का सुरज चौधरीलाई ४–१ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन । शनिबार दोस्रो सेमीफाईनलमा प्रदेश नं. ३ का प्रदिप खत्री र प्रदेश नं. १ का रनिश तामाङ बिचको विजेतासंग उपाधिका लागि युकेश योञ्जनले फाईनलमा प्रतिस्प्रर्धा गर्नेछन ।
    यसैगरि महिला एकलतर्फ क्वाटरफाईनल खेलमा एपीएफकी भगवती विकले प्रदेश नं. ५ का रितिका चौधरीलाई ४–० को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को क्वाटरफाईनल खेल गण्डकी प्रदेशका प्रिती बरालले प्रदेश नं. ५ का आश्मा भुषाललाई ४–१ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन ।
    यसैगरि क्वाटरफाईनलमा प्रदेश नं. ३ का चन्द्रमाया राईले प्रदेश नं. ३ का श्रीया राई लाई ४–२, प्रदेश नं. १ की श्रीया योन्जनले प्रदेश नं. ३ की सुनिरा थापालाई ४–० को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन ।

    शारीरिक सुगठन सम्पन्न
    आठौ राष्ट्रिय खेलकुद १६ औ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । बुटवल ४ स्थित महेन्द्र सभा गृहमा सम्पन्न प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सरोज सिह प्रथम हुदै स्वर्ण जितेका छन । यसैगरि झापाका हर्कबहादुर राई दोस्रो हुदै रजत तथा कास्कीका मोती गुरुङ तेस्रो हुदै कास्यमा चित्त बुझाए । यसैगरि प्रतियोगिता अन्तरगत ६० केजी तौल समूहमा काठमाडौका आवाज प्याकुरेल प्रथम हुदै स्वर्ण जितेका छन । रुपन्देहीका सुनिल आले रजत पदकमा चित्त बुझाए भने कास्कीका मौलादिन मियाँ कास्यबाट पुरस्कृत भए । प्रतियोगिताको ६५ केजी तौल समूहमा झापाका चन्द्र लक्ष्मण लिम्बू प्रथम हुदै स्वर्ण जितेका छन । कास्कीका सुरेश लामा रजत तथा रुपन्देहीका अमित पंगेनी कास्यमा चित्त बुझाए । ७० केजी तौल समूहमा काठमाडौका अनिल लाल श्रेष्ठ प्रथम हुदै स्वर्ण जितेका छन । झापाका रक्कि रिमाल दोश्रो हुदै रजत तथा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेश्रो हुदै कास्यमा चित्त बुझाए । प्रतियोगिताको ७५ केजीको तौल समूहमा त्रिभुवन आर्मी रमेश कार्की प्रथम हुदै स्वर्ण जितेका छन । सुर्खेतका सुरेन्द्र थापा दोश्रो हुदै रजत र रुपन्देहीका खेम चौधरी तेश्रो हुदै कास्यमा चित्त बुझाए । यसैगरि ८० केजी तौल समुहमा रुपन्देहीका चन्द्रमान श्रेष्ठ प्रथम हुदै स्वर्ण पदक जितेका छन । यसैगरि काठमाडौका कृष्ण महर्जन दोस्रो हुदै रजत तथा कास्कीका विनय परियार तेश्रो हुदै कास्यमा चित्त बुझाए ।
    प्रतियोगिताको ८० प्लस केजी तौलसमुहमा काठमाण्डौका नरेश मालाकार प्रथम हुदै स्वर्ण हात पारेका छन । बाकेका सुनिल कुमार भाट दोस्रो हुदै रजत तथा रुपन्देहीका विष्णुृ निषाद तेस्रो हुदै कास्यमा चित्त बुझाएका छन । सात स्वर्णका लागि ५५ केजी देखि ८५ केजी प्लससम्मका ७ इभेन्टमा देशभरिकाबाट ४० जना खेलाडीले भाग लिएका थिए ।
    एक कार्यक्रमका बिच प्रदेश नं. ५ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

    पुरुष क्रिकेट ः
    प्रदेश नं। १ र २ विजयी

    पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा प्रदेश
    नं। १ विजयी भएको छ । कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा
    प्रदेश नं। ३ लाई २० रनअन्तरले पराजित गर्दै प्रदेश नं। १ ले जित हासिल
    गरेको हो ।

    टस हारेर ब्याटिङको निम्ता पाएको १ नं। प्रदेशले ९ विकेट गुमाउँदै १ सय ६
    रन जोड्न सफल भएको थियो । १ नं। प्रदेशकालागि पुष्प थापाले २४, सन्नी पुन
    र राजन मगरले समान १२र१२ रन जोडेका थिए भने श्रवण यादवले ११ रन बटुलेका
    थिए । त्यसैगरी बलिङतर्फ ३ नं। प्रदेशका सोनु देवकोटाले २ विकेट लिएका
    थिए भने सोनु तामाङ, ईशान पाण्डे, गौतम के।सी। र नन्दन यादवले समान १र१
    विकेट लिएका थिए ।

    १ सय ७ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको ३ नं। प्रदेश ८६ रनमै समेटियो
    । १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएको ३ नं। प्रदेशकालागि रविन जोशीले
    सर्वाधिक २४ रन जोडेका थिए भने ईशान पाण्डेले २० र हेमराज पाण्डेले १५ रन
    जोडे । ३ नं। प्रदेशका अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । ३
    नं। प्रदेशका खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा १ नं। प्रदेशका बलर
    दिपेश कंडेलले ४ विकेट लिएका थिए । त्यसैगरी पुष्प थापा, फ्रिदोष अन्सारी
    र श्रवण यादवले १र१ विकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ द म्याच ४
    विकेट लिएका १ नं। प्रदेशका दिपेष कंडेल घोषित भए ।

    प्रतियोगिता अन्तर्गत अजै सम्पन्न दोस्रो खेलमा प्रदेश नं। २ बिजयी भएको
    छ । प्रदेश नं। २ ले कार्णाली प्रदेशलाई ९ बिकेटले पराजित गरेको हो । टस
    जितेर ब्याटिङ्ग गरेको कर्णाली प्रदेशले निर्धारति २० ओभरको खेलमा ९
    बिकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो जसका लागि दिवान पुन र रबिन्द्र
    जंग शाहीले समान ११र११ रन बनाएका थिए । कर्णालीलाई सस्तै रनमा रोक्ने
    क्रममा प्रदेश नं। २ का बलर कुमार थापाले सर्बाधीक ४ बिकेट लिएका थिए भने
    हरिशंकर शाहले २ र राहुल प्रातप सिंहले १ बिकेट लिएका थिए ।

    ५८ रनको लक्ष्य सहित मैदानमा उत्रिएको प्रदेश नं। २ ले मात्र १ बिकेट
    गुमाएर जित हासिल गर्यो । जसका लागि हरिशंकरले ३३ र सुधिर चौधरीले १४ रन
    बनाएका थिए । कार्णलिका रबिन्द्र जंग शाहीले १ बिकेट लिन सफल भएका थिए ।
    उक्त खेलको प्लेयर अफ द म्याच ४ बिकेट लिएका प्रदेश नं। २ का कुमार थापा
    घोषित भए ।
    प्रतियोेगिता अन्र्तगत भोलि शनिबार पहिलो खेल त्रिभुवन आर्मी क्लब र
    प्रदेश नं। १ बिच हुनेछ भने दोस्रो खेल प्रदेश नं। २ र प्रदेश नं। ३ बिच
    हुनेछ ।

    महिला क्रिकेट दाङ ः
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमही क्रिकेट मैदानमा भएको महिला क्रिकेट प्रतियोगितामा एपीएफले दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर ३ लाई ९ विकेटले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
    टस जितेर पहिलो व्याटिङ्ग गरेको प्रदेश ३ ले १५.२ ओभर खेल्दै ३४ रनमा अलआउट भयो । प्रदेश ३ का कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
    वलिङ्ग तर्फ एपीएफकी रितुकुमारी कनोजियाले चार ओभर १ मेडन फाल्दै सात रन खर्चिएर चार विकेट लिइन । करुणा भण्डारी र सरिता मगरले २–२ विकेट लिइन ।
    ३५ रनको बिजय लक्ष्य लिएर मैदानमा उत्रिएको एपीएफले ५.२ ओभर खेल्दै १ विकेको क्षतिमा ३६ रन बनाउदै सजिलै लक्ष्य भेट्टाउन सक्यो ।
    एपीएफका कप्तान सरिता मगरले १७ रन नट आउट बनाउदा इन्दु बर्माले १४ रन नट आउट बनाइन ।
    बलिङ्ग तर्फ प्रदेश ३ कि गिता कुमारी साहिले १ विकेट लिइन । उमन अफ दी म्याच एपीएफकी रितुकुमारी कनोडिया घोषित भइन् ।

    महिला फुटबल दाङ ः
    आठौं राष्ट्रिय खेलकूद अन्र्तगत महिला फुटबलमा प्रदेश तीनले दोस्रो जीत दर्ता गरेको छ । शुक्रबार वेलझुण्डी रंगशालामा प्रदेश २ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रदेश तीनको जीतमा पार्वती घलेले २ तथा मनिषा थापा मगरले एक गोल गरेकी थिइन् । प्रदेश २ की निकिता ठोकरले सान्त्वना गोल गरिन् । यसअघि शुक्रबार विहान भएको पहिलो खेलमा नेपाल पुलिस क्लव विजयी भयो । भरतपुर मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६–० गोलले पुलिसले पराजित गरेको थियो । पुलिसकी निरु थापाले ह्याट्रिक गरिन् । उनले पहिलो हाफको नवौं तथा दोस्रो हाफको ५८ औं ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।
    अमृता जैशीले ७३ औं र ७४ औं मिनेटमा लगातार दुई गोल गरिन् । पुलिसकी निर्मला बिकले २४ औं मिनेटमा एक गोल गरिन् ।

    तेक्वान्दो ः आर्मी र पुलिसलाई स्वर्ण
    आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारबाट भैरहवामा सुरु भएको तेक्वान्दो खेलमा पहिलो दिन नेपाल आर्मी र पुलिस क्लबले एक एक स्वर्ण जितेका छन् ।
    भैरहवा स्थित कभर्डहलमा पुरुष तर्फ ५८ केजितलको तौल समुहमा आर्मीका ज्ञानेन्द्र हमालले प्रदेश नम्बर १ का जिवन तामांगलाई हराउदै स्वर्ण जित्दा तामांग रजतमै चित्त बुझाए । सोही तौल समुहमा प्रदेश ५का प्रेम बहादुर नेपाली र शशस्त्र प्रहरीबलको एपिएफ क्लबका उमेश राज भण्डारीले काश्य पदक जितेका छन् ।
    त्यसै गरी महिला तर्फको ५३ केजि तलको तौल समुहमा पुलिस क्लबकी निमा गुरुंगले प्रदेश १ की सन्ध्या शाहीलाई हराउदै स्वर्ण पदक जितिन । गुरुंगले रजत जित्दा गण्डकी प्रदेशकी पबित्रा वेलकुटी र नेपाल आर्मीकी काजल श्रेष्ठले काश्य पदक जिते ।
    प्रतियोगितामा ७ वटै प्रदेश, ३ बिभागिय टिम र एनआरएनको समेत गरी ११ टिमका १११ पुरुष र १११ महिला गरी २२२ खेलाडी सहभागी छन् । स्पाईरींग तर्फ पूरुष हरुको ८ र महिला हरुको ८ तौल समुह र पुम्सेको एकल, जोडी र टिम गरी जम्मा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदकका लागी खेल हुने नेपाल तेक्वान्दो महासंघका सचिब तथा प्रतियोगिताका प्रमुख निर्णायक नबिन कुमार श्रेष्ठले बताए ।
    शनिबार बिहान र बेलुका पुरुष र महीलाका २।२ गरी ४ तौल समुहबाट थप ४ स्वर्ण पदकका लागी खेल हुनेछ ।
    प्रतियोगिताको उदघाटन प्रतिनिधी सभा सदस्य तथा पुर्ब मन्त्री छबिलाल बिश्वकर्माले गरेका थिए ।

    पुरुष क्रिकेट भैरहवा ः
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बुधवार भैरहवामा सम्पन्न क्रिकेट खेलमा नेपाल प्रहरी क्लव र ५ नम्बर प्रदेशको टिम विजयी भएका छन् । नेपाल प्रहरी क्लवले गण्डकी प्रदेशलाई २८ रनले र ५ नम्बर प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २२ रनले पराजित गरेको हो ।
    टस जितेर पहिला ब्याटिगं गरेको नेपाल प्रहरीले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो । जसमा, कुशल भुर्तेलले सात चौकाको मद्धतले ४५ रन र आरिफ शेखले चार चौका सहित ३४ रनको योगदान गरे । अमित श्रेष्ठ २ चौका सहित १६ रन बनाए । दिपेन्द्र सिंह ऐरी एक चौका सहित ११ रन बनाउदा हिमांशु दत्तले पनि ११ रननै बनाए ।
    बलिगंमा गण्डकी प्रदेशका कर्ण केसीले ३ दशमलव ५ ओभरमा २१ रन दिएर २ विकेट, किशोर महतोले ४ ओभरमा २३ रन दिएर २ विकेट, विपीन खत्री ४ ओभरमा २५ रन दिएर २ विकेट र अमृत गुरुगंले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए ।
    गण्डकी प्रदेश ७ विकेटको क्षतीमा १ सय ७ रनमा सिमीत हुन पुग्यो । जसमा आकाश थापा तिन चौका र एक छक्का सहित ३० रन, सुमन धिमीरे तिन चौका सहित २८ रन बनाए । अइले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।
    बलिगंमा नेपाल प्रहरीका राम नरेश गिरीले १५ रन दिएर २ विकेट, दिपेन्द्र सिंह ऐरीले एक मेडेन सहित १ विकेट, आरिफ शेखले एक मेडेन सहित १ विकेट र ललित राजबंशीले १ विकेट लिएका थितए । आरिफ शेख म्यान आफ दि म्याच भए ।
    सोही मैदानमा सम्पन्न अर्को खेलमा पहिला टस गरेर ब्याटिगं गरेको पाच नम्बरले २० ओभरको खेलमा ८ बिकेटको क्षतीमा १ सय ३७ रन बनाएको थियो । जसमा, राजबीर सिंह २ छक्का र ६ चौकाको मद्धतले ४० बलमा ५८ रन बनाए । उनि अरुण एैरीबाट क्याच आउट भए । सुरज दराइ २ चोकाको मद्धतले ३७ बलमा ३३ रन बनाए । उनि दिपेन्द्र ऐरीबाट बोल्डआउट भए ।
    बलिंगमा सुदुर पश्चिमका विकास एरीले एक मेडेन सहित १८ रन दिएर ४ विकेट लिएका थिए । अरुण ऐरीले ३ ओभरमा १९ रन दिएर २ विकेट, दिपेन्द्र ऐरी र नरेन्द्र साउदले १–१ विकेट लिएका थिए ।
    १ सय ३८ रनको बिजयी लक्ष्य भेट्टाउन खोजेको सुदुर पश्चिम टिमले ९ विकेट क्षतिमा १ सय १५ रन मात्रै बनायो । जसमा, खड्ग बोहरा ३८ रन बनाए भने ,अरुण ऐरीले ३५, सुबेन्दु पाण्डेले ३२ रन, सन्जु दमाइले २० रन बनाए पनि जित दिलाउन सकेनन् ।
    बलिगंमा ५ नम्बर प्रदेशका सन्दिप सुनाले २० रन दिएर २ विकेट, विक्रम भुषालले १९ रन दिएर २ विकेट र कृष्ण कार्कीले ३४ रन दिएर १ विकेट लिए । ५ नम्बरका राजबीर सिंह मेन अफ दि म्याच भए ।
    शनिवार, पहिलो खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल बिच र दोश्रो खेलमा सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लव बिच खेल हुने क्रिकेट खेल ब्यबस्थापन समितीका संयोजक तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।

    पुरुष फुटबल ः खजुरा
    बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा ५ नम्बर प्रदेशले दोस्रो जीत निकालेको छ । ५ नम्बर प्रदेशले एपीएफलाई ३–२ गोलले पराजित गरेको हो ।
    एपीएफका आशिष लामाले १८ मिनेट र प्रदीप लामाले २६ मिनेटमा गोल गरेका थिए । ५ नम्बर प्रदेशका पूर्णबहादुर गुरुङले अतिरिक्त समय ४०+२ मिनेट, विवेक पुनले ४३ मिनेट र सन्जु सेनले ७६ मिनेटमा गोल गरेका थिए । अर्को खेलमा प्रदेश ३ ले प्रदेश १ लाई २–० गोलले हरायो । दुवै गोल सुरेश खत्रीले गरे । उनले ३७ औं र ६८ औं मिनेटमा गोल गरे ।

    कराते बिदाइ ः
    यहि अप्रिल द्दज्ञ देखि द्दढ तारिखसम्म मित्रराष्ट्र मलेसियामा हुन गैरहेको अन्तर्राष्ट्रिय रेफ्री परीक्षा तथा नविकरण गर्न संजय रंजित र सचिन चौलागाईं आज त्यसतर्फ प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव श्री केशव कुमार बिष्टज्यु द्वारा वृहत आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुपूर्व २६ गतेको दिन काठमाडौँमा अन्तर्राष्ट्रिय निर्णायक प्रशिक्षार्थी दुबैलाई शुभकामनाका साथ बिदाई गर्नुभएको थियो

  • ६ बैशाख २०७६, शुक्रबार २२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित