मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शिक्षामा समानता भए मात्र समाजकाे बिकाश हुने बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु कविर
  • मार्गरेखा संवाददाता

  • बर्दिया,मार्गरेखा संवाददाता
    बैशाख,७।
    बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु कविरले बर्गिय उत्थानका निमित्त समान शिक्षाको व्यवस्था हुुनुपर्ने बाएका छन् । जनताको समानता र समान सोचको विकासको लागि देशमा रहेको संस्थागत र सामुदायिक विद्यालयको अवधारणा हटाई एकै प्रकारको समान शिक्षा लागु गर्नुुपर्ने समेत उनले वताए ।
    बारबर्दिया नगरपालिकामा आयोजित बारबर्दिया शिक्षा सरोकार रेडियो बहस कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन् । दुई प्रकारको शिक्षा लागु हुँदा सम्म धनि र गरिबको, सानो र ठुलोको मानसिकता परिवर्तन हुन नसक्ने उनको भनाई छ ।
    मेयर थारुले बार बर्दिया नगरपालिकाले विगत्को तुलनामा यस बर्ष शैक्षिक गुणस्तरमा सुधार भएको बताउँदै अबका दिनमा बाल शिक्षा देखि ३ कक्षा सम्मका बालबालिकालाई पढ्नका लागि सिकाउने र त्यस भन्दा माथि सिक्नका लागि पढ्न खालको शिक्षा दिनुपर्ने कुरामा जोड दिए।े कक्षा ३ का बालबालिकाले पढ्नलेख्नका लागि आवश्यक सम्पुर्ण सिपको विकास गर्नुपर्छ यदी त्यो भएन भने ति शिक्षक र विद्यालयले पढाउनुको कुनै अर्थ नहुने उनले धारणा राखे ।
    बारबर्दिया नगरपालिका र रेडियो रामज्ञानुको सहकार्यमा उत्पादित रेडियो बहस कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु कविर उपमेयर अञ्जु दहित, कार्यकारी प्रमुख चुरामणी पन्थी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाई, वडाध्यक्ष, विद्यालयका प्रधनाध्यपक, विद्यालय व्यवस्थापन समितिकका अध्यक्ष,पत्रकार,विद्यार्थी लगाएतकाको उपस्थीती रहेको थियो । बारबर्दिया नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका निमित्त गरीएको सो कार्यक्रममा नगरपालिकाको शिक्षा क्षेत्रका समस्या र समाधानका विषयमा बहस भएको थियो ।

  • ७ बैशाख २०७६, शनिबार १०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित