मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लवलाई ६ स्वर्ण
  • मार्गरेखा संवाददाता

  • वैशाख ७, नेपालगन्ज ।
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लवले सर्वाधिक स्वर्ण जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्तर्गत शनिवारसम्म भएका सींगल प्याटर्नका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता स्थानमा छ ।
    त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ ।
    शनिवार भएको ४६ देखि ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्याङ्गीले आर्मीका पूर्ण घर्तिलाई हराउँदै प्रदेश ५ को नाममा स्वर्ण पदक दर्ज गरेका छन् ।
    त्यस्तै, शनिवार विहान भएका सींगल प्याटर्नका खेलमा प्रदेश ४ कि सुस्मिता थापालाई हराउँदै एपिएफकी अप्सना तामाङले स्वर्ण जितिन् । त्यस्तै, आर्मीकी हिमा खड्कालाई हराउँदै एपिएफकै सन्चिता लामाले पनि स्वर्णपदक हात पारिन् । पुरुषतर्फको सींगल प्याटर्नमा प्रदेश ३ का शौरभ घिमिरे, आर्मीका भिमबहादुर तामाङ र आर्मीकै पूर्णवहादुर मगरले स्वर्ण पदक जिते ।
    ग्रुप प्याटर्नमा भएको खेलमा महिलातर्फ आर्मीको तुलसा राजथलाको समुह र पुरुषतर्फ एपिएफका नाम्गेल तामाङको समुहले स्वर्ण पदक प्राप्त गरेको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गरे ।
    प्रतियोगितामा ७ प्रदेशसहित २ विभागिय टिम गरि कुल ९ टिम सहभागी रहेको नेपाल आइटिएफ तेक्वान्दो संघ प्रदेश ५ का अध्यक्ष वीरेन्द्रवहादुर शाहीले जानकारी दिए ।
    उनका अनुसार, एक प्रदेशबाट १४ जना पुरुष र ११ जना महिला गरी २५ जना खेलाडि सहभागी भएका छन भने एउटा प्रदेशबाट २ जना प्रक्षिक्षक सहभागी छन् । कुल २ सय २५ जना खेलाडि सहभागी प्रतियोगितामा ४ वटा इभेन्ट हुने भएका छन् । फाइट, प्याटर्न, ग्रुप स्पाइरिङ र ग्रुप प्याटर्न गरि ४ वटा इभेन्टमा खेल हुने उनले बताए । खेल वैशाख १० गतेसम्म चल्ने छ ।

  • ७ बैशाख २०७६, शनिबार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित