मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पौडीमा त्रिभुवन आर्मी क्लवलाई तीन स्वर्ण
  • मार्गरेखा संवाददाता

  • बाँके, ८ बैशाख ।
    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा आइतवार भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लव तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले एक स्वर्ण हात पारेका छ ।
    महिला ८ सय मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरि त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारे । उक्त विधामा नेपाल पुलिस क्वलका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् ।
    त्यसैगरि, पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक हात पारे । भने, एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे ।
    यसैगरि, महिला २ सय मिटर बटरप्mलाई प्रतियोगितामा त्रिभुवन आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफ क्लवकी श्रीवि महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्यमा चित्त बुझाइन् ।
    पुरुष २ सय मिटर बटरफ्लाई पौडी प्रतियोगितामा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते । उनले २ मिनेट २० सेकन्डमा दूरी पार गरे । भने, २ मिनेट २३ सेकन्डमा दूरी पार गरि एनआरएनका नथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिस क्लवका सैयद हमजा शाहले कास्य पदक जिते । बेलुकी ४ बजे अन्य स्पर्धाको फाइनल खेल हुने भएको छ ।

  • ८ बैशाख २०७६, आईतवार १३:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित