मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्वाचनमा काँग्रेसलाई घात गर्नै लाई सकृय सदस्य नबिकरण नगर्नै निर्णय
  • मार्गरेखा संवाददाता

  • दाङ

    नेपाली काँग्रेस त्रिपुर नगर समितिको बैठक निर्वाचनमा काँग्रेसलाई घात गर्नैहरुको सकृय सदस्यता नवीकरण नगर्नै निर्णय सहित सम्पन्न भएको छ ।

    नेपाली काँग्रेस साविक त्रिपुर नगरसमितिको कार्यसमितिको बैठकले आज यस्तो निर्णय गरेको हो ।

    नगरसभापति दिपक पाण्डेको सभाअध्यक्षतामा सम्पन्न बैठकले नेपाल विद्यार्थी संघ क्षेत्र नं ३ का क्षेत्रीय सभापति तिलक रावत माथी दुई तिहाईको कम्युनिष्ट सरकारले झुट्ठा मुद्धा लगाएको दावी गर्दै पक्राउ परी ज्यानमार्नै उद्योगको मुद्धा लागेका रावतलाई तत्काल रीहाई गर्न आग्रह गरेको बैठक पछि सभापति दिपक पाण्डेले जानकारी दिनुभएको छ ।

    बैठक लाई सम्बधेन गर्दै प्रदेश सभाका उम्मेदवार निर्वाचन क्षेत्र नं २ (ख) तथा महाधिबेसन प्रतिनिधि भरत बहादुर न्यौपानेले संघीय सभाका स्पिकर कृष्ण बहादुर महराको ठाडो आदेशमा तिलकलाई पक्राउ गरीएको दावि गर्दै दुई तिहाईको दम्भ नदेखाउन आग्रह गर्नुभयो ।

    खान र रावतको सामान्य टेबुल झगडाको बिषयलाई अतिरंजित गरी कम्युनिष्ट सरकारले अनावस्यक राजनीतिकरण गरेको पनि न्यौपानेले दावी गर्नुभयो ।

    यस्तै बैठकलाई सम्बोधन गर्दै महासमिति सदस्य तथा महाधिबेसन प्रतिनिधि टेक बहादुर डाँगीले सरकारले काँग्रेसी कार्यकर्ताहरु लाई हर संभव फसाउन लागेको आरोप लगाउनु भयो ।

    बैठक लाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य द्धय बालिक लम्साल र कमल बहादुर वलिले सरकारको असहिष्णु व्यवहारको आलोचना गर्दै पक्राउ परेका रावतको अबिलम्ब रीहाईको माग गर्नुृभयो ।

    बैठकले बैसाख १८ गते सम्म नवीकृत सदस्यतको प्रमाणपत्र नगर समितिमा बुझाउनुपर्नै निर्णय गर्दैतिलक रावतमाथीको धरपकडको निन्दा गरेको बैठक पछि नगर सचिव बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । त्रिपुर क्षेत्रमा काँग्रेसका ८ सय सकृय सदस्यहरुरहेका छन्

  • ८ बैशाख २०७६, आईतवार १७:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित