मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

त्रिभुवन आर्मी क्लब पुरुष फुटबलको फाइनलमा प्रवेश
  • मार्गरेखा संवाददाता

  • त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

    नेपालगंज रंगशालामा निर्धारित ९० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पार्यो ।

    पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र दिपक गुरुङले गोल गर्न सकेनन् ।

    प्रदेश ५ का कृष्ण रानाभाटले गोल गर्दा दिपेन सिंह ठकुरी,चेतन चौधरी र विवेक पुनले गोल गर्न सकेनन् ।

    पेनाल्टीअघि खेलमा आर्मीले २-० को अग्रता जोगाउन सकेन् । खेलको २० औं मिनेटमा आर्मीले दिपेन सिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा दिप कुमार लामाले गोल गर्दै आर्मीको अग्रता २-० को बनाए ।

    तर, खेलको ७५ औं मिनेटमा विनोद केसीले पेनाल्टीमा गोल गर्दै प्रदेश ५ लाई खेलमा फर्काए । त्यसपछि खेलको ८० औं मिनेटमा विनोदले पेनाल्टीमा नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

    अब आर्मीले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ ।

  • १० बैशाख २०७६, मंगलवार १२:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित