मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल कम्युनिष्ट पार्टीका नेता दानबहादुर फडेरालाई प्रहरीले आज बाँकेबाट पुन पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेत्रविक्रम चन्द (बिप्लब) नेपाल कम्युनिष्ट पार्टीका नेता दानबहादुर फडेरालाई प्रहरीले आज बाँकेबाट पुनः पक्राउ गरेको छ। आइतबार बाँके जिल्ला अदालतले उनलाई तारिखमा रिहा गरे लगत्तै प्रहरीले पक्राउ गर्न खोजेको भन्दै ऊनी मानव अधिकार आयोगको नेपालगञ्जस्थित कार्यालयको शरणमा गएका थिए।दानबहादुरलाई १२ चैतमा विस्फोटक पदार्थ राखेको अभियोगमा कोहलपुरबाट पक्राउ गरिएको हो ।

    ‘पक्राउपछि उनलाई बाँके अदालतमा पेस गरेका थियौं । अदालतले उनलाई साधारण तारेखमा छोड्यो । तर, उनीमाथि कैलाली प्रहरीमा जन्ती बस आगजनी गरेको अभियोग रहेछ । हामीले फेरि समात्न खोज्दा मानवअधिकारकर्मीले नियन्त्रणमा लिए,’ कोहलपुर प्रहरी प्रमुख डीएसपी सिंहले भने ।

    ‘तर पनि आज मानव अधिकार आयोगले जिल्ला प्रशासन कार्यालयमा फडेरालाई बुझाउदा ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले त्यहीबाट उनलाई पक्राउ गरेका छ’ डीएसपी सिंहले भने। पक्राउ गरिएका फडेरालाई आजैै कैलाली जिल्ला प्रहरी कार्यालयमा पठाइने भएको छ।

  • १० बैशाख २०७६, मंगलवार १४:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित