मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पुरुष फुटबलमा फाइनलमा आर्मि र पुलिस भिड्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १० बैशाख ।
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा नेपाल पुलिस क्लब फाईनल प्रवेश गरेको छ । पुलिस फाइनल प्रवेश सगै त्रिभुवन आर्मि सगं भोली बुधबार अपरान्ह फाइनलका लागी भिड्ने भएको हो । मंगलबार नेपालगञ्ज रंगशालामा भएको सेमिफाईनल खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले फाईनल यात्रा पक्का गरेको हो । विभागीय डर्बीमा पुलिसलाई जिताउन रवि पासवान र तेज तामाङले गोल गरेका थिए । एपीएफका आशिष लामाले भने एक गोल फर्काए । खेलको नवौ मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । उनले डि बक्स बाहिरबाट हानेको प्रहार दोस्रो बार हुँदै गोल भएको थियो । खेलको ३४ औ मिनेटमा पुलिसले अग्रतालाई दोब्बर बनायसगै तेजको एकल प्रयासमा एपीएफका दुई डिफेन्डरलाई विट गर्दै गोल गर्न सफल रहे । ७२ औ मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने कोशिश अनत्त सफल हुन सकेन । पुलिसले उपाधिका लागि अर्को विभागीय टिम आर्मीसंग भोली प्रतिस्पर्धा गर्नेछ । आर्मिले मंगलबार विहान ५ नम्बर प्रदेशलाई ३–२ गोल अन्तरले हराउदै फाइनलमा पुगेको थियो ।

  • १० बैशाख २०७६, मंगलवार १९:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित