मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडी बढाईने जिल्ला समन्वय समिति बर्दियाका संयाेजक शंकर प्रसाद चौधरी
  • मार्गरेखा संवाददाता

  • मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडी बढाईने—शंकर प्रसाद थारु
    दुर्गा आचार्य
    बर्दिया,बैशाख,११। । बर्दियामा संचालित मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडी बढाउन जनप्रतिनिधीले राम्रोसंग कामगर्न जिल्ला समन्वय समिति बर्दियाका सभापति शंकर प्रसाद चौधरीले आग्रह गरेका छन् ।बढैयाताल गाँउपालिकामा संचालित मुख्य मन्त्री ग्रामिण बिकाश कार्यक्रमको जिल्ला समन्वय समिती बर्दियाको अनुगमनको क्रममा सभापतिले सोकुरा वताए । ग्रामिण बिकाश कार्यक्रमले प्रदेश सरकारको लक्ष्य पुरा हुने गरि अगाडी बढाईने थारुले जानकारी गराएका छन् ।ग्रामिण भेगका अतिविपन्न,दलित,जनजाती लगायतका महिलाहरुलाई स्वरोजगार वनाउने उद्धेश्यले यो कार्यक्रम बर्दियाका दुई गाँउपालिकामा संचालनमा आएको छ । बढैयाताल गाँउपालिकाको सवैवडामा १५० जना महिलाहरु ३ महिने शिलाई कटाई सिकिरहेको गाँउपालिकाले जानकारी गराएको छ । कार्यक्रम अन्र्तगत बढैयाताल गाँउपालिकामा ३महिने व्युटीसियन तालिम,उद्घोषण तालिम,कम्पुटर तालिम,गुडिया निर्माण,विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा स्वास्थय सस्थालाई आवश्यक उपकरण दिईने जनाईएको छ । शिलाई कटाई सिकेर व्यवसायीक रुपमानै आफुलाई स्थापति गर्नका लागि ३ महिने तालिममा सहभागि भएको बढैयाताल गाँउपालिका जमुनिकी बिमला बिक वताउछिन्। एक गाँउपालिका बराबर ४५ लाख ९० हजार रुपैयाको ग्रामिण विकाश कार्यक्रको रकम रहेको जिल्ला समन्वय समितिले वताएको छ । बढैयाताल गाँउपालिकाका प्रतिनिधी संचारकर्मी लगायतले अनुगमन गरेका हुन् ।

  • ११ बैशाख २०७६, बुधबार १०:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित