मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस च्याम्पियन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

    पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेटमा आर्मीसँग २५–२३ ले गुमाउन पुगेको थियो । त्यस पछि पुनः खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो ।

    तेस्रो सेटमा आर्मीलाई २५–२० ले पराजित गर्दा चौथो सेटमा २५–१८ ले पराजित गरेको थियो । यो हारसँगै आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको छ ।

    यसअघि तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको छ । एपीएफले गण्डकीलाई ३–२ ले पराजित तेस्रो भएको हो । सुरुआती दुई सेट गण्डकीसँग गुमाएको एपीएफले पुनरागमन जित निकालेको थियो । पराजित गण्डकी प्रदेशले भने सान्तवना जितमा चित्त बुझाएको छ ।

  • ११ बैशाख २०७६, बुधबार १३:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित