मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनप्रतिनिधिहरु घर आगमनमा गई स्थानीय नागरिकहरुका गुनासो सुने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज वडानम्वर २ का जनप्रतिनिधिहरु घर आगमनमा गई स्थानीय नागरिकहरुका गुनासो सुुुुनेका छन् ।
    बास र अकाउण्टबिलिटि ल्यावले सञ्चालन गरिरहेको जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत शुरु गरेको घर आगनमा जनप्रतिनिधि नामक कार्यक्रममा सहभागि भएर उनीहरुले स्थानीय नागरिकका गुनासो सुनेका हुन् ।
    आज वडानम्वर २ को कालिकाटोलमा जनप्रतिनिधिहरु गुनासो सुन्न पुगेका थिए । वडाध्यक्ष सुनिल सिंह हमाल, वडा सदस्य आशा सिंह ठकुरी लगाएत जनप्रतिनिधिहरुले गुनासो सुनेका थिए । स्थानीयहरुले वडानम्वर २ को पूंजिगत बजेटबाट स्थानीय शाहदेब लोधको घरबाट मिश्रिलाल वारीको घर सम्म बन्न लागेको पिसिसि सडक निर्माणमा ढिलाई भएको गुनासो गरेका थिए । साँघुरो बाटो, निकाश बिहिन ढलका कारण टोलनैं समस्या परेको स्थानीयले गुनासो गरेका थिए ।
    कालिका बिकास उपभोक्ता समितिले जिम्मेवारी लिई ठेकेदार लाई दिएको उक्त जिम्मेवारी अनुरुपको काममा ढिलाई भएको वडाध्यक्ष हमालले स्विकारे । उनले मापदण्ड बमोजिम केही स्थानीयहरुले घर नभत्काएका कारण काममा ढिलाई भएको उल्लेख गर्दै १५ दिन भित्र सडक निर्माण सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिईसकेको बताए ।
    यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बासले आज नेपालगञ्जको वडानम्वर १४ मा जनगुनासो सुनुवाई बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । बासकी सहजकर्ता बिन्दु कुवँरले गुनासोका प्रकार, उपमहानगरपालिकाले अवलम्बन गरेको गुनासो सुनुवाई प्रणाली र नेपालगञ्ज उपमहानगरपालिकामा स्थापित हेल्प डेस्क बारे जानकारी दिएकि थिईन् ।

  • १२ बैशाख २०७६, बिहीबार २०:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित