मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रि–बजेटमाथि छलफल नगरिए कांग्रेस चुप लागेर नबस्ने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार प्रि–बजेटमाथि छलफल नगरेरै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ । सिंहदरबारमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार प्रि–बजेटमाथि छलफल नगराएरै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको हो ।

    बैठक पछि प्रमुख सचेतक बालकृष्ण खाँणले प्रि–बजेटमाथि छलफल नै नगरेर सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाए । उनले विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै नीति तथा कार्यक्रम अगाडि प्रि–बजेटमाथि छलफल नगरिए संसदको अवमूल्यन हुने बताए ।

    पहिले प्रि–बजेट छलफल गरेर बजेट ल्याइन्थ्यो । छलफलमा जनप्रतिनिधिहरूले आफ्नो धारणा राख्ने गर्नुहुन्थ्यो र उहाँहरूले सदनमा उठाएका विषय वस्तुलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम ल्याइन्थ्यो । त्यसको फ्रेमवर्कमा बसेर बजेट ल्याइन्थ्यो र परम्परा पनि त्यही हो उनले भने तर, सरकार प्रि–बजेटमाथि छलफल नगराएर संसदलाई नै बाइपास गर्न खोजिरहेको देखिएको छ । यो हामीलाई सैह्य हुँदैन ।

    कांग्रेसले नीति तथा कार्यक्रम ल्याएपछि गरिने छलफलको कुनै औचित्य नहुने पनि स्पष्ट पारेको छ । सोझै नीति र कार्यक्रम आएपछि सरकारले त्यही फ्रेमवर्कमा बसेर बजेट ल्याउँछ । यसरी आउने बजेटमाथि छलफल गर्नुको औचित्य हुन्न प्रमुख सचेतक खाँणले भने ।

    उनले प्रि–बजेटमाथि छलफल नगरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए । प्रजातन्त्रमा शालिनताको महत्व हुन्छ । त्यो शालिनताको अभ्यास गर्दा कमजोर प्रतिपक्ष भनियो । हामी संसदीय अभ्यास गरिरह्यौं । सरकार एकदलीय निरंकुश शैलीमा अघि बढ्यो । त्यसैले अब सशक्त आन्दोलनको विकल्प छैन उनले भने ।

    सोमबारदेखि सुरु हुन लागेको बजेट अधिवेशनअन्तरगत सरकाले प्रि–बजेट छलफल समेत नगरी बैखाश २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको सूचना आफूहरुले पाएको खाँणले जानकारी दिए । उनले यसका बारेमा सभामुख कृष्णबहादुर महरालाई आइतबार भेटेरै जानकारी दिएको र संसदीय मूल्य मान्यता अनुसार बजेट अधिवेशन सञ्चालन हुनुपर्ने माग गरेको पनि जानकारी दिए

  • १५ बैशाख २०७६, आईतवार २०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित