मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानीय सरकारलाई मानवअधिकारमैत्री र सुुशासनमय बनाउनु पर्नेमा जोड
  • मार्गरेखा संवाददाता

  • सोम गुरुङ्ग, नेपालगन्ज १५ बैशाख । नेपाल मानव अधिकार संगठनको आयोजनामा अाईतबर नेपालगन्जमा मानव अधिकारको बारेमा प्रशिक्षण गरिएको छ । सो कार्यक्रमलाई वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी र प्रोफेसर गोविन्द प्रसाद ढकालले प्रशिक्षण गर्नु भएको थियो । सो कार्यक्रममा बोल्नु हुदै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मानवअधिकार संरक्षण र सम्बद्र्धनमा राज्य सदैव लागिरहेको बताउनुभयो । प्रशिक्षक त्रिपाठीले नेपालमा बनेको ऐन कानूनको पुर्ण रुपमा ब्यवहारमा पनि कार्यान्वयमा ल्याउनु पर्ने र सबै भन्दा स्थानीय सरकारलाई सुशासन र पारदर्शिता बनाउनु पर्नेमा जोड दिनुभयो । सो कार्यक्रम नेपाल मानव अधिकार संगठन, बाँकेका अध्यक्ष प्रल्हाद बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रमको सभाअध्यक्ष कार्कीले स्थानीय सरकारलाई मानवअधिकारमैत्री र सुुशासनमैत्री बनाउनको लागि सम्पूर्ण सरोकारवाला निकायको उत्तिकै भुमिका रहेको बताउनुभयो । सो कार्यक्रममा नेपाल बार एसोसियसन प्रदेश नं.५ का उपाध्यक्ष सुनिल श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गणेश रेग्मी, बाँकेका डिएसपी प्रकास सापकोटा, प्राध्यापक, विद्यार्थीहरु, प्रहरी तथ नेपाली सेनाका साथै नागरिक समाजको सहभागिता रहेको पत्रकार शुक्रश्रषि चौलागाई बताउनुभयो ।

  • १५ बैशाख २०७६, आईतवार २०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित