मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन नेकपा नेताहरुले सरकारलाई सुझाव
  • मार्गरेखा संवाददाता

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ।

    प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन्।
    बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारे शीर्ष नेताहरुसँग सुझाव मागेका थिए।

    बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए।

    बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख्यतः संविधानले भनेको समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिइएको र चुनावी घोषणापत्रलाई केन्द्रमा राख्नुपर्नेमाजोड दिइएको बताए। अहिलेसम्म सरकारले गरेका काम र उपलव्धीको रक्षा साथै विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई नेताहरुले सुझाव दिइएको उनले उल्लेख गरे।

    बैठकमा नेकपाका नेताहरुले पुँजीगत खर्च कार्यान्वयनमा अझै राम्रो क्षमता अभिवृद्धि हुन नसकेको अवस्थामा अव त्यसको लागि अझै काम गर्नुपर्नेमा पनि जोड दिएका थिए।

  • १६ बैशाख २०७६, सोमबार १४:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित