मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल राेल्पा आए पछि बम बिष्फोटन
  • मार्गरेखा संवाददाता

  • प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल राेल्पा आए पछि  बम बिष्फोटन

    रोल्पा — रोल्पा सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट गाउँमा सोमबार दिउँसो बम विस्फोट भएको छ । स्थानीयका अनुसार बजार क्षेत्र नजिक पर्ने रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किदा ठुलो धमाका सुनिएको थियो भने धुवाँ समेत देखिएको थियो ।

    दिउँसो सवा १ बजेतिर बम पड्केपछि प्रहरीले त्यस क्षेत्र नियन्त्रणमा लिएको छ । अज्ञात समूहले बम पड्काएको प्रहरीले जनाएको छ । विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ

    प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल एक कार्यक्रमका लागि रोल्पा आएपछि त्यसको विरोध स्वरूप बम विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । लिबाङमा आइतबारदेखि सुरु भएको रोल्पा गुराँस साहित्य मेला कार्यक्रम पनि जारी छ । जलजला क्षेत्रको भ्रमण गर्ने समेत योजना रहेको उक्त कार्यत्रम तीन दिनसम्म चल्नेछ । कार्यक्रममा भाग लिन राजधानी लगायतका स्थानबाट आएका सहभागीहरू उक्त विस्फोटपछि आत्तिएका छन् ।

    बम पड्किएको समयमा मुख्यमन्त्री पोख्रेल लिबाङमै एक कार्यक्रममा सहभागी थिए

  • १६ बैशाख २०७६, सोमबार १६:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित