मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिका वडा न ८मा फोहर संकलनमा सहजता लागि डस्टविन वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, बैशाख १६ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ मा डस्टविन वितरण गरिएको छ । फोहर संकलनमा सहजता र प्रभावकारिताका लागि वडा नम्वर ८ वडा समितिको कार्यालयको एक लाख २५ हजारको सहयोगमा आज दुई सय वटा डस्टविन वितरण गरेको हो । भित्री गल्लीका फाहेर संकलनका लागि यस अघि सीटी ठेला सञ्चालन गरसकेको वडाले बजार क्षेत्रका पसल र घरधनीका लागि प्लाष्टिक डस्टवीन राख्ने व्यवस्था मिलाएको हो । एक समरोहबीच वडा अध्यक्ष सुरेन्द्रनाथ गुप्ताले डस्टवीन वितरण गरेर कार्यक्रम शुभारम्भ गर्नु भयो । वडा सदस्य, सरसफाईकर्मी, स्थानीयवासी लगायतको टोलीले सम्वन्धित स्थलमै पुगेर फोहर संकलन विधी र प्रयोग बारे जानकारी गराउँदै डस्टविन प्रदान गरेको थियो । डस्टवीन उपयोगले फोहर संकलन सहज हुने सो क्षेत्रको सरसफाई जिम्मेवारी लिनु भएका इम्प्रोकका अध्यक्ष एवं सरसफाई अभियन्ता तेजविक्रम शाहले विश्वास व्यक्त गर्नु भयो ।

  • १६ बैशाख २०७६, सोमबार १८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित