मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जमा सञ्चालित कक्षा १२ को परिक्षामा सेटिङमै चिट चोराइएकाे नेपालगन्ज उपमहानगरपालिका
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, बैशाख १७ गते – नेपालगञ्जमा सञ्चालित कक्षा १२ को परिक्षामा सेटिङमै चिट चोराइएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आज गरिएको परिक्षा केन्द्रको अनुगमनपछि बोराका बोरा चिट फेला पारिएको हो । नगर प्रमुख डा धवल शम्शेर राणा नेतृत्वको टोलीले सात वटा परिक्षा केन्द्रबाट तीन कट्टा(थैली) चिट बरामद गरेको हो । मंगलबार कक्षा १२ को विज्ञान(फीजीक्स)को परिक्षा भएको छ । उपप्रमुख उमा थापा, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिती प्रमुख गोरख थापा र वडा अध्यक्षसहितको टोलीले बरामद गरेको चिट मंगलबार सार्वजनिक गरिएको हो । नगर प्रमुख डा राणाले संस्थागत रुपमै चिट चोराउने कार्य भएको दावी गर्दै पहिलो पटकलाई कारवाही नगरिएपनि भोलीबाट चिट चोराइएको पाइएमा कारवाही गर्न भनीएको बताउनु भयो । पहिलो पटकलाई चिट वरामद मात्र गरिएपनि अभिभावकमार्फत विद्यार्थीलाई सचेत रहन उहाँले आहवान गर्नु भयो । शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरिएको बताउँदै डा राणाले केही केन्द्राध्यक्षले बाझाबाझ गरेको समेत तितो यथार्थता सुनाउनु भयो । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले निजी विद्यालयका विद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं वेजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागत रुपमै भएको जीकीर गर्नु भयो । उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले शैक्षिक गुणस्तरमा खेलाईची नगरियोस् भन्ने हेतुले अनुगमन गरिएको र यस्ता कार्यलाई निरुत्साही गर्नु पर्नेमा जोड दिनु भयो ।

  • १७ बैशाख २०७६, मंगलवार १९:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित