मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे खजुरामा मिनी रंगशाला निर्माण सुरू
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, १९ वैशाख
    खजुरा गाउँपालिका वडा नं. ४ स्थित डि गाउँ स्कूलको फुटबल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न लागिएको छ । पहिलो चरणमा ४५ लाखको लागतमा शुरु गर्न लागिएको प्याराफिटको आज बुधबार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शिलान्यास गरे । प्रदेश सरकारको ३६ लाख र गाउँपालिकाको ९ लाख रुपैयाँ बजेटमा प्याराफिट निर्माण शुरु गरिएको हो । खजुरालाई खेलकुदको हब बनाउने उद्देश्यले खजुरा गाउँपालिका क्षेत्रभित्र धमाधम खेलकुद संरचना निर्माण भइरहेका छन् । प्याराफिट १४६ मिटर लम्बाई र तीन स्टेप रहने वडा अध्यक्ष तिलकवीर सुनारले बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लिग चरणको खेल उक्त खेलमैदानमा खेलाइएको थियो भने यसअघि पनि नेपालगन्ज गोल्डकप र अन्य फुटबल प्रतियोगिता सोही मैदानमा सम्पन्न भइसकेका छन् । खजुरा गाउँपालिकाको चौथो गाउँसभालले सो ठाउँमा मिनी रंगशालाको रुपमा विकास गर्न सर्वसम्मतीबाट पारित गरेको बताउँदै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरालाई खेलमा विकास गर्न खेलपूर्वाधारमा लगानी गरिएको बताए । शिलान्यास कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम वली, खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

  • १८ बैशाख २०७६, बुधबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित