मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतवासी किसानले नेपालको बाँझो जमिन हराभरा
  • मार्गरेखा संवाददाता

  • यहाँका किसानले आफ्नो जमिनमा परिश्रम गर्नेक्रम घटिरहेको बेला भारतीय किसानको नेपालमा खेती मोह बढेको छ ।
    बगरमा तरकारी खेती गर्नका लागि भारतवासी किसान यता आकर्षित भएका हुन । उनीहरुले कैलालीको खुटिया र मोहना नदी बगरलाई तरकारीले हराभरा बनाएका छन् । धनगढी उपमहानगरपालिकाको बेली स्थित खुटिया नदी बगरमा त झन एकै परिवार र उनीहरुकै आफन्तको दबदबा छ ।
    उक्त नदी बगरमा भारतको सीतारगञ्जका किसानले बगर खेती गर्दै आएको धेरै वर्ष भइसकेको छ । मुस्लिम समुदायका ती किसान एकै परिवारका दाई, भाई, काका, भतिजा र आफन्त हुन । बाजेको पालादेखि खुटिया नदी बगरमा तरकारी खेती गर्दै आइरहेको गुड्डु अहमदले सुनाए ।
    ‘यहाँ बगर खेती गर्दै आएको हामी लगाएर तीन पुस्ता भइसक्यो’, २९ वर्षीय उनले भने–‘म त यहि ठाउँमै जन्मे, हुर्केको व्यक्ति हुँ ।’
    वर्षमा आफ्नो मुलुक कमै जाने ती किसान यतै काम गरेर जीविकोपार्जन गर्दै आएका छन् । १० परिवारका करिब ४०÷४२ जनाले बगरको १२÷१३ बिघा जमिनमा तरकारी खेती गर्दै आएको अहमदले जनाए ।
    बालुवै बालुवाको बगरमा मिहिनेत, लगानी गरेर उनीहरुले उत्पादन गरेको काँक्रो, करेला, लौकी, तरबुज जस्ता तरकारी र फलफूलले सहजै बजार पाएको छ । खेती गर्ने ठाउँमै स–साना झुप्रा हालेर तरकारी बिक्री गर्दै आएका उनीहरुले धनगढीको हाट बजारसम्म आफ्नो उत्पादन पठाउने गरेका छन् ।
    भारतबाट आयात हुने तरकारीले यहाँ उत्पादित कृषि उपज सस्तोमा बिक्री गर्नु परे पनि बजारको भने समस्या नरहेको मोहम्मद अस्लमले बताए । ‘प्रायः यहिँबाट बिक्री भइहाल्छ’, उहाँले भन्नुभयो–‘तर, माग भएपछि थोकमा धनगढी बजारसम्म पठाउने गरेका छौ. ।’
    अस्लम १६ वर्षदेखि खुटिया नदी बगरमा तरकारी खेती गर्दै आएका छन् । यो वर्ष करिब १४ कट्ठा जमिनमा तरकारी खेती गरेको उनले सुनाए ।
    बालुवै बालुवाको बगरमा तरकारी फलाउन अवश्य पनि बढी परिश्रम गर्नु पर्दछ । मिहिनेत र लगानी नगरेसम्म बगर हराभरा हुन सक्दैन । बगर खेतीमा तीन पुस्ता बिताइरहेका यी मुस्लिम परिवारले एक सिजनमा एकै परिवारले कम्तीमा पनि डेढ÷दुई लाख रुपियाँसम्म लगानी गर्ने गरेको बताउँछन् । तर, लगानी गरे अनुसार फाइदा पनि छ ।
    एक सिजनमा सबै खर्च कटाएर ६० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको छोटु खाँले बताए । ‘लगानी र मिहिनेत गरेन भने बालुवामा केही पनि हुँदैन’, उनले अगाडि थपे–‘अत्यधिक फाइदा त हुँदैन । तर, पनि कुनै जागिर गर्नुभन्दा यो काम राम्रो छ । र, आम्दानी पनि जागिरभन्दा बढी हुन्छ ।’ आफूले १०÷१२ कट्ठा जमिनमा तरकारी खेती गरेको खाँले सुनाए ।
    नदी बगरमा तरकारी खेती गर्नका लागि यी भारतीय किसानले धनगढी उपमहानगरपालिकालाई प्रति परिवार वार्षिक चार हजार रुपियाँ कर तिर्दै आएका छन् । वर्षमा सबै परिवारको गरेर ४० हजार रुपियाँसम्म कर तिर्ने गरेको गुड्डु अहमदले जनाए ।
    खुटिया नदी बगरमा फलेको तरकारी मध्य फागुनबाट बिक्री गर्न शुरु गरिएको थियो । नदीमा बाढी नआउञ्जेलसम्म तरकारी उत्पादन हुने र आफूहरुले बिक्री गर्ने मोहम्मद अस्लमको भनाइ छ । बाढी चाँडै नआएको वर्ष आम्दानी अझ बढ्ने गरेको उहाँले जानकारी दिए ।
    ‘तर, कुनै–कुनै वर्ष बाढी चाँडै आएमा सबै तरकारी सोत्तर हुन्छ’, अस्लमले भने–‘त्यस्तो अवस्थामा लगानी निकाल्न पनि गाह«ो हुने गर्दछ ।’
    केही वर्ष अगाडिसम्म धनगढी बजारको दक्षिणतिर मरुभूमि जस्तै देखिने मोहना नदीको बगर पनि भारतीय किसानले उत्पादन लिने थलो बनेको छ । दुई÷तीन वर्ष यता मोहना नदीको बगरलाई पनि उनीहरुले हराभरा बनाउँदै आएका छन् । मोहना नदी बगरमा फलेको तरबुज अहिले बजारमा आउनेक्रम शुरु भइसकेको छ ।पश्चिम टुडेबाट

  • १९ बैशाख २०७६, बिहीबार ११:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित