मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जकाेे न्युराेड आधुनिकीकरण र सौन्दर्यकरण तर्फ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज बैशाख १९ गते –नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोड क्षेत्रको बीचभागमा रहेका विरुवा काट्न लागेको नभई थप सौन्दर्यकरण गर्न लाएिको जनाएको छ । संरक्षित विरुवा काटन लागिएको आशयका समाचार सार्वजनिक भएपछि उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बिहिवार विज्ञप्ती जारी गरि न्यूरोडमा कुनै पनि रुख नकाटिएको र नकाटीने पनि स्पष्ट पार्नु भएको हो । जारी विज्ञप्तीमा बिरुवाको संरक्षण, आधुनिकीकरण र सौन्दर्यकरण गरी नमूना ब्यापारिक केन्द्र बनाउने योजना रहेको स्पष्ट पारिएको छ । पार्किङस्थल बनाउन लागिएको नभई सौन्दर्यकरणका लागि फूल रोप्ने र इन्टरलक जडान गर्ने कार्यको तयारी भइरहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विकास निर्माणमा सबैको साझा सोच बनाई वृहत्तर हितमा अघि बढन नेपालगञ्ज उपमहानगरपालिका क्रियाशिल रहेको भन्दै प्रवक्ता रिजालले सहयोगका लागि सबैमा अपील समेत गर्नु भएको छ ।

  • १९ बैशाख २०७६, बिहीबार २०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित