मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मानिसबाट मानिसमा बर्ड फ्लू सर्छ?
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ– २१ वर्षे युवकको बर्ड फ्लूका कारण मृत्यु भएको भएको छ। नेपालमा बर्ड फ्लूका कारण मृत्यु भएको यो पहिलो घटना हो। चिकित्सकहरुले बर्ड फ्लू मानिसमा एकदमै कम अवस्थामा मात्रै सर्न सक्ने बताएका छन्।

    टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्ड फ्लू मानिसमा सर्नु एकदमै दुर्लभ रहेको बताए ।

    उनले भने,‘त्यति सजिलैसँग सर्दैन तर यसको अर्थ मानिसमा सर्दै–सर्दैन भन्ने पनि होइन।’ सन् १९९६ मा यो भाइरस पत्ता लागे पनि व्यक्तिमा भने सबै भन्दा पहिला यो हङ्कङमा सन् १९९७ मा पहिलो पटक देखा परेको थियो।

    कुखुरा वा पक्षीहरुको र्‍याल, सुलि, हाछिउँ, मासु, दिशा आदिबाट मानिसमा सर्न सक्छ तर मानिसबाट अर्को मानिसमा सर्छ भन्ने गरेता पनि अहिलेसम्म कुनै पुष्टि भने नभएको डा. पुनले बताए।

    मानिसहरु डराउनु र आत्तिनु पर्ने कुनै पनि त्यस्तो अवस्था नभए पनि कुखुरा पाल्ने, कुखुरा ओसार पसार गर्ने, कुखुरा बेच्ने व्यक्तिहरु भने सतर्क रहनु पर्ने उनले बताए।

    तर निमोनिया, स्वासप्रस्वासका विरामीलाई यसले छिटो आक्रमण गर्ने गर्दछ। विश्वभर अन्य फ्लूहरु तुलनामा बर्ड फ्लूबाट मृत्यु हुनेको संख्या धेरै रहेको डा. पुनले बताए। समयमा उपचार हुन नसके यसले जटिल समस्या समेत उत्पन्न गर्न सक्छ।

    भियतनाम, थाइल्यान्ड, क्याम्बोडिया, इन्डोनेसिया, इराक, टर्की, इजिप्ट जस्ता देशहरुमा बर्ड फ्लू समय–समयमा देखिने गरेको पाइन्छ। दक्षिण एशियामा भने पाकिस्तान र बंगलादेशमा सबै भन्दा धेरै यसका संक्रमण देखिने गरेता पनि नेपालमा भने मानिसको मृत्यु भएको यो पहिलो घटना भएको डा. पुनले बताए।देशसंचारबाट

    बर्ड फ्लूका लक्षणहरु

    ज्वरो आउने

    घाँटी दुख्ने

    मांसपेसी दुख्ने

    टाउको दुख्ने

    स्वास फेर्न गाह्रो हुने

    पखाला लाग्ने

    बच्ने उपाय

    कुखुराको नजिक बसेर काम नगर्ने

    कुखुराको सुलिहरु नछुने

    वरपरको वातावरण सफा राख्ने

    व्यक्तिगत सरसफाईमा ध्यान दिने

  • २० बैशाख २०७६, शुक्रबार ११:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित