मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफ्नै लागि ट्राफिक नियमको पालना गर्नुपर्छ—गुलरिया नगरप्रमुख मुक्तिनाथ
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,बैशाख,२१। ट्राफिकले आफ्नो व्यक्तीगत स्वार्थका लागि नभई सवारी दुर्घटना हुनबाट जोगाउनका लागि ट्राफिक नियमको पालना गर्न लगाउने गरेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले वताएका छन् । ट्राफिक साप्ताहिक कार्यक्रमको समापन कार्यक्रमलाई सम्वोधन गर्नैक्रममा बर्दियाको गुलरियामा नगरप्रमुख यादवलेसो कुरा वताएका हुन् । सवारि चालकरुले शुरक्षाका लागि लगाउने हेल्मेट मोटरसाईकलको लेगगाडमा नझुण्ड्याई आफ्नै सुरक्षाको लागि लगाउनसमेत नगरप्रमुख यादवले सुभmाव दिएका छन्। ट्राफिक प्रहरीहरुको सक्रियताबढे संगै तुलनात्मक हिसावले सवारी दुर्घटनामा कमीआएको समेत उनले वताएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अझ शसक्त र चुस्त वनाउनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गन समेत प्रतिवद्धता नगरप्रमुख यादवले समापन कार्यक्रममा गरेका छन् । साप्ताहिक कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा ट्राफिक सुरक्षा सम्वन्धि विभिन्न कृयाक्लाप गरिएको थियो । त्यसै क्रममा बर्दियाको भुरिगाँउमा पर्चा पम्पलेट वितरणका साथै सर्वसाधरण तथा मोटरसाईकल चालकलाई प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।प्रहरी समुदायले मात्रै अव अपराध दुर्घटना नियन्त्रण हुन नसक्ने भएकाले स्थानीय तहको समेत सहभागिता आवश्यक भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले वताएका छन्। कार्यक्रममा यातायात व्यवसायी,यातायात मजदुर,जनप्रतिनिधी,संचारकर्मी लगायतको सहभागितारहेको थियो ।

  • २१ बैशाख २०७६, शनिबार ०८:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित