मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिँड्ने काम गरेको आरोप नेपाली कांग्रेसका नेता एवम सांसद मिनेन्द्र रिजाल
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पूर्वाधार तथा रोजगारीको सन्दर्भमा सरकारले आधारबिहिन सपना बाँड्ने काम गरेको बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसँग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिए ।

    सगरमाथा संवाद गर्ने सरकारलाई उनले दलहरुसँगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिए । सिँचाइ र तटबन्धको ठूला ठूला कुरा गरेर मात्रै कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै उनले योजनावद्ध आधारशिला तयार पार्नुपर्नेमा जोड दिए ।

    उनले नीतिगत प्रष्टता नराखी लामो फेयरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे । र्नुभयो ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिँड्ने काम गरेको आरोप लगाए । उनले भाषागत र शैलीको कुरा मात्रै नभई प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

    उनले भने “गणतन्त्रलाई यो सरकारले जोगाउँछ कि जोगाउदैन भनेर सांच्चै आंशका पैदा भएको छ । यो सरकार नेपालको सरकार हो । नेपालको संविधानले नेपालको कार्यकारीणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ । कसैको मेरो सरकारको नाममा होइन । जनतालाई आश्वस्त गर्नुहोस् । जनता विश्वास गर्दैन । ”

    उनले सरकारले संघीयताको पक्षमा एउटा पनि ठोस प्रतिवद्धता जाहेर नगरेको टिप्पणी गरे । उनले लोकतन्त्रप्रति नै सरकार इमान्दार नभएको दाबी गरे । उनले भने, “संघीयतालाई कमजोर बनाउदा देश कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । यो गल्ति नगरोस् ।”

    नीति तथा कार्यक्रममा उल्लेख गरिएको शब्द र भाषा प्रति पनि उनले आपत्ती जनाए । उनले भने, “लोकतन्त्रको शब्दसँग सरकारलाई घृणा हो कि के हो ? हरेक स्थानमा लोकतन्त्रको शब्द हटाएर कि त नयाँ विशेषण दिन्छ ।

    कि त शब्द हटाएर अर्को लेखिन्छ । समाजवादको नयाँ परिभाषा गर्ने अधिकार नीति कार्यक्रमलाई छैन । सरकारलाई छैन । सरकार होस् पुर्याओस । संविधानको संरचनालाई भाँच्ने, भत्काउने कमजोर बनाउने काममा हामी मुकदर्शक भएर बस्दैनाैँ । ”

    सुन तस्करी र वित्तिय अपराध कानुनी दायरामा ल्याउने भनिएको भन्दै उनले सरकारलाई प्रश्न गरे, “३३ किलो सुन कहाँ गयो सरकार ? कानुनी दायरामा आएको हो भने नेपाली जनताले थाहा पाओस् । ”

    महिलामाथि हिंसा हुन दिईने छैन भन्ने सरकारले अझै पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले व्यवहारमा देखाउन चुनौति दिए । उनले भने, “अब महिला हिंसा हुन दिने छैन भन्ने मेरो सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउछ कि अहिले पनि भाग्ने बाटोमा हिँड्छ ? जिम्मेवारी होइन सरकारको ? ”

    २३ जना सांसदले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संयुक्त संसोधनकर्ताको तर्फबाट कांग्रेसका सांसद रिजालले आफ्नो धारणा राखेका हुन् ।

  • २२ बैशाख २०७६, आईतवार १३:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित