मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सडक दुर्घटनामा ज्यान गुमाएकालाई सम्झिदै बाँकेका नागरिक समाज
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २३ बैशाख ÷ सूचना र मानव अधिकार अनुसन्धान केन्द्र( आर्ईएचआरसी) र नेपाल अटोमोबाईल्स एसोसियसन(नासा) को आयोजनामा सडक सुरक्षा सप्ताह बाँकेमा पनि मनाईएको छ । मे ६ देखि १२ सम्म संसारमा पाँचौ यूएन ग्लोबल रोड सेफटी सप्ताह मनाईदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो सप्ताह सन् २००७ मा पहिलो पटक, सन् २०१३ मा दोस्रो, सन् २०१५ मा तेस्रो र सन् २०१७ मा चौथो पटक मनाईएको थियो ।
    सडक दुर्घटनाका कारण बर्षेनी हजारौंको अकालमै मृत्यु, आर्थिक क्षति, उत्पादकत्वमा ह्रास, सामाजिक र पारिवारिक असन्तुलन, गरिबीको चक्रमा पीडित परिवार, विभिन्न मनोवैज्ञानिक असरहरू, पर्यटन प्रवर्धनमा मुख्य चुनौती मुख्य असरहरू देखिएकोले सडक दुर्घटना बारे सचेतना फैलाउन अति आवश्यक रहेको आईएचआरसीका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए । साथै उहाँले प्रत्येक व्यक्तिको, परिवारको लागि अनाहकमा, कसैको बेइमानीले, कसैको लापरवाहीले, कसैको बदमासीको कारणले ज्यान गुमाउनुको पीडा सबैलाई महसुस नहुन सक्छ तसर्थ, यस्ता दिवसकै सन्दर्भमा भए पनि उहाँहरूलाई सम्झनको लागि यो सप्ताह मनाईने गरिएको बताए ।
    सो कार्यक्रममा नेपाल बार एसोसियसन प्रदेश नं. ५का उपाध्यक्ष सुनिल श्रेष्ठ, जिल्ला बार एसोसियसन, बर्दियाका अध्यक्ष देवीदत्त देवकोटा, सामाजिक अभियान्ता कमलराज पौडेल, गैरसरकारी महासंघ, बर्दियाका अध्यक्ष बिष्णु तिमिल्सेना, नेपाल मानव अधिकार संगठनका अध्यक्ष प्रल्हाद बहादुर कार्की, पूर्व जिल्ला बार अध्यक्ष बल बहादुर चन्द, अधिवक्ता चित्र बहादुर केसी,बालअधिकारकर्मी साहिल अन्सारी, महिलाअधिकारकर्मी रमारानी वैश्य लगायतको सहभागिता रहेको थियो ।

  • २३ बैशाख २०७६, सोमबार २०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित