मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मैले नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख न देखे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा प्रयोग गरे । हामीले विरोध गर्‍यौं । सभामुखलाइ डिलिट गर्न भन्यौं, सकेनन् । मैले नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख न देखे बताएका छन्  ।  नेपाली कांग्रेसको बुधबारबाट देशभर सुरु भएको राष्ट्रिय जागरण अभियानको काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले अहिलेका सभामुख इतिहासमै कमजोर, डरपोक र काँतर भएको बताएका छन् ।

     

    सभापति देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको बताए । उनले भने, “हाम्रो पार्टी समक्ष ठूलो जिम्मेवारी छ । हरेक तानाशाहीविरुद्द लड्दै आएका हौं । उनीहरुलाइ परास्त गरेकै हौँ ।”

    अब कुनै पनि बहानाको तनाशाह जुन रुपमा होस् आफ्नो पार्टी र नेपाली जनतालाई सह्‍य नहुने बताए । उनले भने, “राणा, पन्चायत, राजा ज्ञानेन्द्र हटायौं । अहिलेको सरकारको शैली रहे हामी सडकबाटै यिनीहरुलाइ हटाउँछौँ । नियत यस्तै हो भने हामीले मुक्ति पाउन आन्दोलन गर्नैपर्छ ।”

  • २५ बैशाख २०७६, बुधबार १६:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित