मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा पनि सुरु भयो कांग्रेसको ‘जागरण अभियान’
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एन.पी साउदले नेपाली काँग्रेसले बर्तमान सरकारले जनता बिरोधी गतिबिधीहरुको नेपालका प्रत्येक जनता बिच पु¥याउनका लागी जागर अभियान संचालन गरेको बताएका छन । राष्ट्रिय जागरण अभियान नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालमा उद्घाटन गदै नेता सावदले राष्ट्रिय जागरण अभियानबाटै नेपाली काँग्रेसका कुनै पनि निर्णय नेताले नभई कार्यक्रताले गर्ने बातावरण बनाउ सकेमात्र आगामी निर्बाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताए ।
    केन्द्रिय सदस्य सावदले पार्टी भित्र रहेका सबै खाले अन्तरबिरोधलाई समाप्त गर्नका लागी राष्ट्रिय जागरअभियान संचालन गरेको बताउदै नेपाली काँग्रेसका नेता कार्यक्रताहरुले एकजुट भई अन्तरबिरोध समाप्त पार्ने अभियानमा लाग्नु पर्ने बताए । उनले पार्टीमा रहेको गुटबन्दीलाई समाप्त गर्ने सकिए भने पार्टी समाप्त भएर जाने भएको हुनाले नेता कार्यक्रता सचेत हुन आग्रह गरेका छन ।
    राष्ट्रिय जागरअभियानको उद्घाटन नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाको सभापतित्वमा भएको थियो

  • २५ बैशाख २०७६, बुधबार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित