मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री तानाशाही बनेको आरोप नेपाली कांगेसका महामन्त्री डा.शंशाक कोइराला
  • मार्गरेखा संवाददाता

  • २५ वैशाख, बुटवल । नेपाली कांगेसका महामन्त्री डा.शंशाक कोइरालाले प्रधानमन्त्री तानाशाही बनेको आरोप लगाएका छन् । सबै अधिकारहरु आफ्नो हातमा राख्ने र काण्डै काण्ड मच्चाउने काम भएको भन्दै उनले कांग्रेसले यस्ता गतिविधिको विरोध गर्ने बताए ।

    नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा बुधबार देखि सुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले उनले सञ्चारमाध्यम, न्यायपालिकालगायतका क्षेत्रलाई सरकारले कठपुतली बनाएको आरोप लगाए ।

    यो सरकार काण्डै काण्डको सरकार भन्दै उनले ती काण्डहरु कांग्रेसले पर्दाफास गर्ने दावी गरे । ‘यो सरकारले निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाइटवडी काण्ड लगायतका थुप्रै अपराधहरुलाई लुकाएको छ, हामी पर्दाफास गर्छाै’ नेता कोइरालाले भने ।

    उनले सरकार अधिनायकवादको गतल बाटोमा हिडेको भन्दै कांग्रेस खबरदारीमा लागिरहने बताए ।

  • २५ बैशाख २०७६, बुधबार १९:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित