मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रजातन्त्रको मर्म जोगाउन सबै एक भएर अगाडि बढ्न आग्रह देउवा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको क्रियाकलापका कारण प्रजातन्त्र संकटमा परेको बताउनुभएको छ । वीरगन्जको नगरसभा गृहमा राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रदेश २ का महिलाहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रजातन्त्रको मर्म जोगाउन सबै एक भएर अगाडि बढ्न आग्रह गरे । उहाँले भन्नुभयो, ‘ओलीको सरकारले जुन कामपनि जबरजस्ती गरिरहेको छ, मुलुकको इतिहासमा यस्तो किसिमको जबरजस्ती भएको थिएन । जे पनि जबरजस्ती पास गरिरहेका छन् ।’ प्रतिपक्षले विरोध गर्दा पनि नीति तथा कार्यक्रम पास भएकोफ्रति आक्रोश व्यत्त गर्दै देउवाले संसदमा जथाभावी बोल्दै सरकारले तानाशाही प्रबृति देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोल्दा गल्ती हुन सक्छ, त्यसो भएमा सरी भन्न सकिन्छ, तर त्यो पनि छैन्, यो तानाशाही प्रवृत्ति हो, सभामुख सुनेर बस्छन्, कस्तो डरपोक सभामुख हो ।’

  • २६ बैशाख २०७६, बिहीबार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित