मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भेरी अस्पतालमा सिकलसेल जाँच गर्ने मेशिन ३ महिनादेखि बिग्रदा बिरामी सेवाबाट वन्चित
  • मार्गरेखा संवाददाता

  • सोम गुुरुङ,नेपालगन्ज २६ बैशाख ÷ भेरी प्रादेशिक अस्पतालमा ३ महिना देखि सिकलसेल एनिमिया रोगको लागि जाँच गर्ने मेशिन एचबि ईलोक्ट्रोफोरेसिस मर्मत सम्भार नहुदाँ सिकलसेल एनिमिया बिरामीहरु स्वास्थ्य जाँचबाट वन्चित हुुनु परेको छ ।

    हाल जनस्वास्थ्य सेवा ऐन २०७५ पनि लागुु भईको अवस्था छ । नेपालको संविधानले प्रत्याभुत गरेको निशुल्क आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित प्रभावकारी ,गुणस्तरिय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुच स्थापित गर्नको लागि ब्यवस्था गरेको छ । साथै दिगो विकासका लक्ष्यको ३ मा स्वास्थ्य अधिकार सम्बन्धिमा सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच तथा सबैका लागि सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचित मूल्यमा अत्यावाश्यक औषधी तथ खोपहरुमा पहुँच हासिल गर्ने रहेको छ ।

    सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य कृष्णमुरारी प्रसाद भट्ट, लक्ष्मी तिवारी र अल्का मिश्रले भेरी प्रादेशिक अस्पतालमा सिकलसेल एनिमिया जाँच गर्ने मेशिन एचबि ईलोक्ट्रोफोरेसिस र सिकलेसल एनिमियाको बिरामीको संख्या बारे सूचना माग गर्नु भएको थियो । सूचनाको जवाफ दिनुहुदै भेरी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसालले विगत फागुन महिना देखि सिकलसेल एनिमिया रोगको लागि जाँच गर्ने मेशिन एचबि ईलोक्ट्रोफोरेसिस मर्मत गर्नु पर्ने भएको तर दक्ष इन्जिनियर नभएकोले जबसम्म नयाँ मेशिन खरिद गर्छ या मेशिन मर्मत हुन्छ तबमात्र सन्चालनमा आउने लिखित रुपमा सूचना दिनुुभएको छ । साथै हाल सामाजिक सेवा इकाईमा ६६५ जना सिकलसेल एनिमियाको बिरामीहरुले विपन्न् नागरिक उपचार निर्देशिका अनुसार एक लाख बराबरको सेवा पाईरहेको जानकारी गराएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले आफुहरुले सिकलसेल एनिमियाको बिरामीहरुको स्वास्थ्यमा सहज रुपमा उपचारको ब्यवस्थाको लागि बाँके र बर्दियाका पैरवी गरिरहेको जानकारी दिए ।

  • २६ बैशाख २०७६, बिहीबार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित