मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुकुम पश्चिममा विप्लव कार्यकर्तालाई लक्षित गरी हवाई फायर, एक जना पक्राउ, प्रहरी घाइते
  • मार्गरेखा संवाददाता

  • रुकुम पश्चिम– रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्।

    जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

    पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

    शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

  • २७ बैशाख २०७६, शुक्रबार १०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित