मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बारबर्दियाका नगरप्रमुख दुर्गाबहादुर थारु आफैजुटे बिद्यालयको शौचालय सफाईमा
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,जेठ,१।
    सामुदायिक विद्यालयमा भएका शौचालय फोहर र दुर्गन्धित भएपछि बर्दियाका नगरप्रमुख नै शौचालय सफाईमा जुटेका छन् । बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले बारबर्दिया नगरपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयका शौचालय सफा गर्न आफैपुगेका हुन् ।नगरपालिकाले सुरुवात गरेको सामुदायिक बिद्यालयमा मेरो एक दिन कार्यक्रम अन्र्तरगत नगरप्रमुख थारुले बिद्यालयमा गएर शौचालय सरसफाई गरेका हुन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा भएका शौचालय फोहर रदुर्गन्धित रहेको छ ।। विद्यालयको शौचालय सफा र स्वच्छ हुनुपर्दछ भन्ने सन्देशका लागि शौचालय सफाई अभियान सुरु गरीएको हो । बिद्यालयको शौचालय सरसफाई गरीसकेपछि बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश यादवलाई शिक्षकहरुको बिभागीय जिम्मेवारी दिएर काम गराउन बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले निर्देशन दिएका छन् । बिद्यालयको शौचालय देखि वातावरण एकदमै फोहर भएकोले सरसफाईमा ध्यान दिन आग्रह गरेका छन् । नगरप्रमुख थारुले बारबर्दिया नगरपालिकाका हरेक विद्यालयको अनुगमन गरी विद्यालय सरसफाइ अभियान सञ्चालन गर्ने बताएका छन् ।
    नगरपालिकाले बिद्यालय सुधारका लागि सामुदायिक बिद्यालयमा मेरो एक दिन भन्ने कार्यक्रम सञ्चालन गरीरहेको छ । जस्मा नगरका जनप्रतिनिधि तथा कर्मचारीहरु टोलीले सामुदायिक बिद्यालयमा गएर बिद्यालयको सरसफाई गर्ने, बृक्षारोपन गर्ने, बिद्यार्थी शिक्षकहरुसँग छलफल गर्ने लगाएतका क्रियाकलाप भईरहेको छ ।

  • १ जेष्ठ २०७६, बुधबार १९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित